महँगी नियन्त्रणका लागि सरकारले देशव्यापी बजार अनुगमन गर्ने
वि.सं.२०७९ असार १६ बिहीवार
shares
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले महँगी नियन्त्रणका लागि सरकारले देशव्यापी बजार अनुगमन गर्ने बताएका छन् ।
बुधवार वाणिज्य मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री बडूले महँगी नियन्त्रणका लागि देशव्यापी बजार अनुगमन गर्न लागेको बताएका हुन् ।
उनले सरकारले संघ, प्रदेश, जिल्ला प्रशासन र स्थानीय तहका सबै संयन्त्र परिचालन गरेर बजार अनुगमन प्रभावकारी बनाउने बताए । मन्त्री बडूले इन्धनको एक्कासी मूल्य बढेपछि खाद्यान्न, औषधि र सेवाको मूल्यमा गरिएको मूल्यवृद्धि घटाउन र उपभोक्तालाई राहत दिन देशभर एकैसाथ एउटै समयमा अनुगमन गर्ने तयारी गरेको बताए ।
उनले देशव्यापी बजार अनुगमन गर्न र मूल्य नियन्त्रण गर्न अनुगमन तथा निरीक्षण अधिकृत तोक्न जिल्ला प्रसासन र स्थानीय तहलाई पत्राचार गरिसकिएको पनि बताए । इन्धनको मूल्य उच्चरूपमा बढदै गएसँगै आकाशिएको बजार मूल्य नियन्त्रण गर्न सरकार प्रतिवद्ध रहेको बताए ।
उनले भने, “सरकारले बजार अनुगमनको विधि परिवर्तन गर्नुपर्छ । जनताले अनुभुति हुने गरी प्रभावकारी भयो भने घटन जरुरी हुन्छ । त्यो स्थिति सरकारले निर्माण गर्नुपर्छ । मन्त्रालयको अनुगमन निकाय,अन्य मन्त्रालयका निकाय,सात वटै प्रदेशका निकाय,निर्देशनालयहरु र ७७ वटै जिल्लाका जिल्ला अनुगमन अधिकारीहरु, प्रहरी तथा ७५३ वटै स्थानीय तहमा पनि अनुगमन अधिकार तोक्न निर्देशन दिएका छौं । यी सबै निकायमा एकसाथ एकै समयमा अनुगमन गर्नुपर्छ । सरकारले बजार अनुगमनको संयुक्त र एकीकृत एकसाथ एक समयमा गर्नुपर्छ गर्छौं । त्यहाँ की राज्य बजार अनुगमन र मूल्य नियन्त्रणप्रति सेचत छ भन्नेकुरा देखिन्छ ।”
मन्त्री बडूले नेपाल आयल निगमको कर नघटाईकन मूल्य घटाएको भन्ने प्रश्नको जवाफ दिँदै अर्थ मन्त्रालयले शोधभर्ना दिने भएकाले मूल्य घटाएको बताए ।
उनले कर घटाउने र कर बढाउने कुरा अर्थ मन्त्रालयको जिम्मेवारी भित्र रहेको बताउनु भयो । मन्त्री बडूले मन्त्रीपरिषदको निर्णयले आयल निगमले मूल्य घटाएको र अहिले निगमले घटाएको मूल्यमा खरिद गरिरहेको दाबी गरे ।
उनले करको दर घटाउने कुरामा अर्थ मन्त्रालयसँग कुनै विवाद नभएको बताउनु भयो । मन्त्री बडूले कर कहाँ समायोजन गर्ने, कति घटाउने, अर्थमन्त्रालयको काम भएकाले कर नघटाए राज्य कोषबाट इन्धन किन्न पैसा दिनुपर्ने बताए ।
उनले भने, “कर घटाउने र कर बढाउने कुरा विशुद्ध अर्थ मन्त्रालयको कुरा हो । अर्थमन्त्री नै त्यसको बारेमा जिम्मेवार हो र उहाँले आफनो काम गर्नुभयो । तेलको मूल्य घटेर पनि कम मूल्य तिर्न लागिसकेका छन जनताले यो यथार्थ होनी । मन्त्रीपरिषदको निर्णयमा अर्थमन्त्री पनि सहभागि हुनुहुन्छ । कर घटेको अथार्थ हो । कर घटाउने कुरा अर्थ मन्त्रालयको हो । कहाँ कति घटाउने वा नघटाई राज्य कोषबाट तेल किन्न पैसा दिने आयल निगमलाई एउटै कुरा त भयो । जसका कारण आयल निगमले घटाइसक्यो । यसमा धेरै विवादको विषय छैन । मन्त्रीपरिषदले निर्णय गरिसक्यो । कर कहाँ कति समायोजन गर्ने उसको विषय भयो । मन्त्रीपरिषदको निर्णयको कारण मूल्य घटेको छ । जनताले घटेको मूल्यमा डिजेल र पेट्रोल किन्न थालेका छन् ।”
मन्त्री बडूले इन्धनको मूल्य घटाएपनि बजारमा त्यसको कार्यान्वयन भए÷नभएको निगरानी गर्ने कुरा सरकारको प्राथमिकतामा रहेको बताए ।
उनले यातायातको ढुवानी बढेकाले बजारमा मूल्यवृद्धि बढेको र यातायात मन्त्रालयलाई ढुवानी भाडा नियन्त्रण गर्न आग्रह गरिएको बताए । मन्त्री बडूले सरकारले बजारलाई हस्तक्षेप गरेर बजारलाई नियन्त्रण भन्दा बाहिर जान नदिने प्रतिवद्धता जनाए ।
उनले भने, “डिजेल पेट्रोल किन्ने व्यक्तिले सस्तो पाउन थाल्यो । अब मूल्य वृद्धिको बहानामा जे भइरहेको थियो । त्यसमा कन्ट्रोल भयो कि भएन । सरकारको प्राथमिकता त्यतातिर हुनुपर्छ भनेर सरकार त्यतातिर लागेको छ । मूल्य बढ्नेसित सम्बन्धित निकायहरुसँग सम्बन्धित निकायहरु कुनकुन हुन भनेर मूल्य नियन्त्रण गर्ने निकाय सबैलाई बोलायौं । गृह मन्त्रालय, अर्थ मन्त्रालय,संघीय मामिला मन्त्रालयका सबैलाई बोलाएर आफ्नो–आफ्नो जिम्मेवार सम्हाल्ने बेला आयो । यातायात तथा ढुवानीका क्षेत्रमा यातायात मन्त्रालयले हेर्नुप¥यो तत्काल उहाँहरुले नै गर्ने हो । बसभाडा कुन अनुपातमा बढाउनु भएको थियो । त्यो बेला बढ्यो, तर सरोकारवालसँग बसेर तत्काल भाडा घटेको हुनुप¥यो । जनताको सरोकारको विषय यही हो । बसको ढुवानी बढेकाले बजार मूल्य बढेकाले ढुवानी भाडा नियन्त्रण गर्न यातायात मन्त्रालयलाई भनौं । सरकारले बजारलाई हस्तक्षेप गर्नुपर्छ । बजार नियन्त्रण भन्दा बाहिर जान दिनुहुँदैन । मूल्य बढी रहेको अवस्था अहिले पनि हो भने त्यसलाई तत्काल अनुगमन गर्ने र बजारमा घटन घटाउन नचाहने प्रवृति देखिन्छ भने त्यसमाथि अंकुश लाग्नुपर्छ । कानून अनुुसारको सजायमा जानुपर्ने हुन्छ । अनुगमनलाई तत्काल प्रभावकारी बनाउनु पर्छ ।”
मन्त्री बडूले सरकारले तीब्ररुपमा बजार अनुगमन गर्ने र बजारमा वस्तुको मूल्य घटन घटाउन नचाहने प्रवृति देखिए तत्काल नियन्त्रणमा लिएर कानून अनुुसारको कारबाही गर्न निर्देशन दिए ।






























