दीपक–दीपाले ‘श्री माग्ने राजा’ चलचित्र बनाउँदै
वि.सं.२०७९ असार २० सोमवार
16.2K
shares
shares
काठमाडौं। नेपाली हाँस्यव्यंग्य क्षेत्रमा दिपक राज गिरी र दीपा श्री निरौंला जोडी अत्यन्तै चर्चित नाम हो।
टेलिसिरियल ‘तीतो सत्य’ हुँदै नेपाली चलचित्र क्षेत्रमा राज गर्न सफल यो जोडीका कामहरु प्रशंसनीय हुन्छन्।
यो जोडीको ‘छक्का पन्जा’ सिरिज नेपालमा सुपरहिट बन्यो।
यतिबेला भने यो जोडीले नयाँ चलचित्र बनाउने भएका छन्। चलचित्र विकास बोर्डमा दीपकराज गिरी र दीपाश्री निरौलाको नयाँ फिल्म ‘श्री माग्ने राजा’को शीर्षक दर्ता गरेका हुन्।
यसअघि दुवैको पहलमा ‘छक्का पन्जा ४’ चलचित्र पनि बोर्डमा दर्ता भएको थियो। माग्ने राजा चलचित्रमा केदार घिमिरे अर्थात् माग्ने बुडाको विशेष भूमिका हुनसक्ने अनुमान गरिएको छ।
Subscribe
0 Comments
Oldest
































