निर्यात वृद्धिबारे चेम्बर र उद्योग सचिवबीच छलफल, १६ बुँदामा ध्यानाकर्षण
वि.सं.२०७९ साउन ३० सोमवार
shares
नेपालको उद्योग क्षेत्रका बिद्यमान समस्या र यसमा सम्वोधन गरिनु पर्ने बिषयका वारे नेपाल चेम्वर अफ कमर्सको तर्फबाट निम्न सुझावहरु प्रस्तुत गरिएको व्यहोरा अनुरोध गर्दछु ।
१) नेपाल चेम्वर अफ कमर्सलाइ औद्योगिक प्रवद्र्धन समितिमा समावेश गरिनु पर्ने ।
२) नेपालमा उद्योग मैत्री बातावरण बनाइ म्यगदभि मष्नष्त आर्थिक वृद्धिदर हाशिल गर्न क्ष्लनभि मष्नष्त को व्याजदर कायम हुनु पर्ने ।
३. बिश्व बजारमा आएको मन्दी तथा रुस युक्रेन युद्धका कारण कच्चा पदार्थको आपूर्तिमा कठिनाइ तथा इन्धन लगायत कच्चा पदार्थको मूल्य वृद्धि र बिप्रेषणको आप्रवाहमा आएको कमीले क्रयशक्तिमा पनि असर पर्ने हुंदा उद्योग क्षेत्रलाइ समस्या आइ परेको छ । उद्योगलाइ दीगो राख्न सरकारबाट उद्योगहरुको लागि सहयोगी भूमिका निर्वाह हुनु पर्ने ।
४. विदेशबाट फर्किएका जनशक्तिहरुले शीप सिकेर पनि आएका हुन्छन । उनीहरुले सिकेका शीपलाइ उत्पादनमूलक क्षेत्रमा रुपान्तरण गरी अर्थतन्त्रलाइ पुनरुत्थान गर्ने अवसर प्राप्त हुनेछ । युवाहरुले विदेशमा रहेर आर्जन गरेको पूँजी र शीपलाई एकिकृत परिचालन गरी आफ्नै देशमा लगानी गर्ने र रोजगारीका थप अवसरहरु सिर्जना गर्न अविलम्ब विशेष कार्यक्रमको घोषणा हुनुपर्दछ ।
५.सरकारको ढुकुटीमा रहेको र बर्षेनि खर्च हुन नसकेको पुँजीलाई वाणिज्य वैंकहरु मार्फत आर्थिक विकास, उत्पादन वृद्धि र रोजगारी सिर्जनामा लगानीका लागि उन्मुख गराउन नीतिगत व्यवस्था गरिनु पर्ने । सरकारले अनुत्पादक र खर्च हुनै नसक्ने क्षेत्रमा बर्षेनि बजेट विनियोजन गर्ने प्रचलनलाइ व्यवस्थित गरिनु पर्दछ । साना मझौला उद्योगलाई अधिकतम सुविधा उपलब्ध गराइनु पर्दछ ।
६. ठूला उद्योगहरुको लागि बिद्युत महशुलमा दिइ आएको १० प्रतिशत छुट सुबिधा बिदेशी मुद्राको प्रमूख श्रोत रहेको होटल व्यवसाय लगायत मझौला,साना,लघु तथा महिला उद्यमीहरुबाट संचालित उद्योगहरुलाइ समेत उपलब्ध गराइनु पर्ने ।
७. विप्रेषण आप्रवाहमा अपेक्षाकृत सुधार हुन नसकेको र सुधार हुन अझै समय लाग्ने देखिएकोेले आन्तरिक उत्पादन वृद्धिलाइ प्रश्रय दिइ आयात प्रतिस्थापन गर्ने र निर्यात प्रवद्र्धनमा जोड दिएर विप्रेषणको क्षतिलाई कम गर्दै लैजानु पर्छ । यसका लागि निर्यात व्यापारलाइ प्रोत्साहित गर्न मूल्य अभिवृद्धि (ख्बगिभ बममष्तष्यल )का आधारमा सवै प्रकार उद्योगहरुलाइ नगद अनुदान दिने व्यवस्था प्रभावकारी बनाइनु पर्ने ।
८. औद्योगिक व्यवसाय ऐनमा उल्लेख गरिएका सुबिधा सम्वन्धी व्यवस्थाहरुको प्रभावकारी कार्यान्वयनको लागि उक्त व्यवस्थाहरु आर्थिक ऐनमा पनि समावेश गरिनु पर्ने ।
९. निर्र्यात प्रर्वद्धनका लागि निर्यात गृह (एक्सपोर्ट हाउस)को अवधारणा ७ वटै प्रदेशमा अबिलम्व लागू गरिनु पर्दछ ।
१०. मूख्य मूख्य भन्सार नाकाहरुमा अन्तर्राष्ट्रिय स्तरको त्तगबचबलतष्लभ बिद स्थापना गरी आयातलाइ व्यवस्थित र निर्यातलाइ प्रवद्र्धन गरिनु पर्दछ ।
११. तुलनात्मक लाभ लिन सकिने कृषि, पर्यटन, जलस्रोत, खानी तथा न्झक क्तयलभक , आदि क्षेत्रको प्रवद्र्धनका लागि राज्य र निजी क्षेत्र बीच थप सहकार्य हुनु आवश्यक छ । जडिवुटी, न्झक क्तयलभक एवं अन्य कच्चा पदार्थको निर्यात भन्दा स्वदेशमै प्रशोधन गरि निर्यात गर्ने व्यवस्था गरिनु पर्दछ ।
१२. औद्योगिक क्षेत्रमा संचालित उद्योगहरुको भाडा दर न्युन गरिनु पर्ने ।
.
१३. उद्योगहरु स्थापनाको लागि आवश्यक पर्ने वातावरणीय प्रभाव मुल्याङकन भ्क्ष्ब् प्रकृया लाई सरलिकरण गर्नु पर्ने ।
१४. रुग्ण उद्योगहरुलाई पुर्नकर्जा सुविधा अन्तर्गत सहुलियत दरमा ऋण उपलव्ध गराएर औद्योगिक वातावरण बनाउनुपर्ने ।
१५. उद्योगमा गैर आवासीय नेपालीको लगानी प्रर्वद्धन गर्नका लागि विशेष कार्यक्रम ल्याउनुपर्ने ।
१६. उद्योग व्यवसायहरुमा दक्ष जनशक्तिको अभाव छ । दक्ष युवा जनशक्ति पलायन हुनबाट रोक्न नीतिगत पहल गर्नुपर्ने ।
































