शाहरुखले मेरो लभ लाइफ बर्बाद गरे

11.7K
shares
Nabil bank

काठमाडौं । बलिउड अभिनेत्री स्वरा भास्कर हरेक दिन आफ्नो बयानका कारण चर्चामा रहन्छिन् । फिल्मभन्दा उनको बयानको चर्चा बढी हुन्छ । हालै अभिनेत्रीको नयाँ बयान बाहिर आएको छ, जसमा उनले शाहरुख र आदित्यमाथि गम्भीर दोष लगाएकी छिन् । अन्तर्वार्तामा स्वराले शाहरुख र आदित्य चोपडाले आफ्नो जीवन बर्बाद पारेको आरोप लगाइन् ।

स्वरा भास्करले मिड डेलाई भनिन्, ‘आदित्य चोपडा सर र शाहरुख खानलाई मेरो प्रेम जीवन बिगारेको दोष दिन्छु । मैले सानै उमेरमा शाहरुखको फिल्म दिलवाले दुल्हनिया ले जायेंगे देखेको थिएँ, त्यसबेलादेखि म आफ्नो जीवनको रहस्य खोज्दैछु ।

शाहरुख जस्तो देखिने तर राज हो । तर वास्तविक जीवनमा कुनै रहस्य छैन भन्ने कुरा बुझ्न मलाई धेरै समय लाग्यो । यही कारणले गर्दा म सम्बन्धमा राम्रो छु जस्तो लाग्दैन ।’ स्वराले अविवाहित रहन गाह्रो भएपनि साथी खोज्नु भनेको फोहोर छान्नुजस्तै भएको बताइन् ।

 

स्वरा चाँडै नै चलचित्र ‘जहाँ चार यार’ मा देखिने छिन् । हालै फिल्मको प्रमोशनका क्रममा स्वराले एक अन्तर्वार्तामा यस्तो कुरा भनेकी हुन्, त्यसपछि उनी फेरि चर्चामा आएकी छिन् । स्वराका साथै, यस फिल्ममा पूजा चोपडा, मेहर विज र शिखा तलसानिया मुख्य भूमिकामा देखिनेछन् ।

 

फिल्म महिला केन्द्रित फिल्म हो, जुन १६ सेप्टेम्बरदेखि सिनेमाघरमा रिलिज हुँदैछ । यसबाहेक स्वरा भास्कर फिल्म ‘मिसेस फलानी’ मा पनि देखिनेछिन् । स्वराको अन्तिम फिल्म सन् २०१८ मा ‘वीरे दी वेडिङ’ थियो । त्यसको धेरै वर्षपछि स्वरा ठूलो पर्दामा देखिँदैछिन् ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x