सचिव डा. रेग्मीको एक्सनको निरन्तरता

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले उक्त मन्त्रालयको सेवा प्रवाहलाई चुस्त दुरुस्त र गुनासो रहित वनाउने प्रयासलाई निरन्तरता

16K
shares
Nabil bank

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले उक्त मन्त्रालयको सेवा प्रवाहलाई चुस्त दुरुस्त र गुनासो रहित वनाउने प्रयासलाई निरन्तरता दिएका छन् । उनले नापी र मालपोत कार्यालय ललितपुरको आकस्मिक निरीक्षण गरेका छन् ।

मन्त्रालयका सहसचिव निराजन घिमिरे, नापी विभागमा महानिर्देशक जनकराज जोशी र भूमि व्यवस्थापन विभागका महानिर्देशक पद्मनिधि सोतिलाई लिएर उक्त कार्यालयहरुको आकस्मिक निरीक्षण गरेका उनले उक्त कार्यालयहरुको सेवा प्रवाहको स्थिति, अभिलेख व्यवस्थापनको अवस्था, हेल्प डेस्कको अवस्था र सेवाग्राहीमैत्रीय कार्यवातावरण भए नभएको समेत अवलोकन गरेका थिए । उक्त टोलीले दुवै कार्यालयहरुका सेवाग्राहीहरु संग पनि अन्तरक्रिया गरेको थियो ।

सेवाग्राहीहरुले मालपोत र नापी कार्यालयहरुले समन्वयात्मक रुपमा काम गर्नु पर्ने विचौलियाको कारणले सेवाग्राहीले अतिरिक्त रकम बुझाउनु परेको साथै कार्यालयको सरसफाईमा ध्यान दिनु पर्ने बताएका थिए । निरीक्षण पश्चात सचिव रेग्मीले सेवाग्राहीले व्यक्त गरेका गुनासो हटाउन तथा सदाचारिता सहितको प्रभावकारी सेवा प्रवाह मिलाउन निर्देशन दिए ।

उनले नापी तर्फ हालसाविकको प्रक्रियालाई झन्झटमुक्त बनाउन र मालपोत कार्यालयले अनलाइन प्रणालीबाट सेवाग्राहीले विना झन्झट अतिरिक्त शुल्क नतिरी सेवा पाउने व्यवस्था मिलाउन पनि आग्रह गरे । सहसचिव निराजन घिमिरेले प्रशासनिक परिपाटीलाइ पारदर्शी वनाउन र सदाचारितामा रहन अनुरोध गरे । महानिर्देशक जनकराज जोशीले नापी कार्यालयका कर्मचारीहरुले गलत काम नगर्न निर्देशन दिए ।

भूमि विभागका महानिर्देशक पद्मनिधि सोतिले मन्त्रालयले यस्ता आकस्मिक निरीक्षणका कामको निरन्तरता दिएकोमा प्रशंसा गर्दै कर्मचारीहरुलाई गुनासो रहित किसिमबाट काम गर्न आऊरह गरे । सेवाग्राहीहरुले अन्य निकायहरुमा पनि यस्तै गरि आकस्मिक निरीक्षण भएमा राम्रो हुने कुरा बताएका थिए ।

 

यसै सचिव रेग्मीले बचतकर्ताको बचत फिर्ता नगर्ने सहकारीको पहिचान गरि तत्काल बचत फिर्ता गराउने व्यवस्था मिलाउन सहकारी विभाग राष्ट्रिय सहकारी महासंघ र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका पदाधिकारीहरुलाई निर्देशन दिएका छन् साथै सहकारी संघ संस्थाहरुलाई सम्पत्ति शुध्दीकरण मुक्त क्षेत्र बनाउन पनि आग्रह गरे ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x