मालपोत र नापी कार्यालयका प्रणालीहरु नागरिक एपमा जोडिने

23.7K
shares
Nabil bank

काठमाडौँ।सरकारी निकायहरुबाट सम्पादन हुने कामहरुलाई सूचना प्रविधियुक्त बनाइए मात्र सेवा प्रवाह प्रभावकारी हुने देखिएको छ । नेपालमा सूचना प्रविधिको प्रयोग र सुशासनमा पारेको प्रभाव विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले सो विचार व्यक्त गरेका हुन् । सूचना प्रविधिको अधिकतम प्रयोग गरि सरकारी कार्यालयबाट हुने सेवा प्रवाहलाई चुस्त दुरुस्त राख्न र सुशासनमा जोड दिनुपर्ने माग जनस्तरमा उठिरहेको अवस्थामा तराई विकास तथा सञ्चार केन्द्र नेपालले सो कार्यक्रमको आयोजना गरेको हो ।

 

मुख्यसचिव शंकरदास वैरागीले सूचना प्रविधिको प्रयोग गर्दै पेपरलेस सेवा प्रवाह आजको आवश्यकता भएको बताउनुभयो ।

 

मुख्यसचिव वैरागीले सूचना प्रविधिको प्रयोगमा सुरक्षा चुनौती रहेको बताउनुभयो । राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुयालले आइसीटीको प्रयोग र इ–गभर्नेन्सबाट समृद्धि हासिल गर्न सकिने बताउनुभयो ।

 

कानुन मन्त्रालयका सचिव धनराज ज्ञवालीले सूचना प्रविधिमैत्री कानुनहरु निर्माण भएको बताउनुभयो ।

 

त्यसैगरी भूमि व्यवस्था तथा सहकारी मन्त्रालय सचिव डा. दामोदर रेग्मीले मन्त्रालय मातहत रहेका कार्यालयहरुबाट हुने सेवा प्रवाहलाई सूचना प्रविधिमैत्री बनाइएको र मालपोत र नापीका सवै प्रणालीहरु अव नागरिक एपमा समाविष्ट हुने र यसको लागि दुवै विभागका महानिर्देशकहरुलाई निर्देशन दिइसकेको कुरा बताउनुभयो । उहाँले मेरो कित्ता प्रणाली अनतर्गत सेवाग्राहीले घरैबाट नक्शाप्राप्त गर्न सकिने व्यवस्था गरिएको बताउँदै घरजग्गा सम्बन्धी १ करोड ५० लाख विवरण कम्युटर सिस्टममा राख्न लागिएको जानकारी गराउनुभयो ।

 

कार्यक्रममा रक्षा सचिव किरणराज शर्मा, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, खानेपानी मन्त्रालयका सचिव मणिराम गेलाल, महालेखा परीक्षक कार्यालयका उपमहालेखापरीक्षक महेश्वर काफ्ले, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका निमित्त सचिव डुण्डुराज घिमिरे, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, विद्युतीय सुशासन आयोगका इ. दिपेश विष्ट, दुरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल, काठमाण्डौका प्रजिअ घनश्याम उपाध्याय, सूचना प्रविधि विभागका महानिर्देशक प्रेमशरण श्रेष्ठ, बैदेशिक रोजगार विभागका महानिर्देशक उमाकान्त आचार्य, सञ्चार तथा प्रशारण विभागका महानिर्देशक शंकर नेपालको उपस्थिति रहेको थियो ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x