मासिक १६ सय अमेरिकी डलर पाउने गरी इजरायलमा खुल्यो रोजगारी

14.5K
shares
Nabil bank

काठमाडौं । इजरायल सरकारले दोस्रो चरणमा पाँच सय जना नेपालीलाई मात्रै केयर गिभरमा रोजगारी दिने भएको छ ।

 

पहिलो चरणमा इजरायल गएकाबाहेक दोस्रो चरणमा एक हजार केयर गिभर लैजान नेपाल सरकारले इजरायल पक्षसँग अनुरोध गरे पनि दोस्रो चरणमा पाँच सय जनाको कोटा इजरायलले पठाएको हो । वैदेशिक रोजगार विभागका अनुसार नेपालले यसअघि छनोटमा नपरेकालाई समेत लैजान गरेको अनुरोध गरेकामा इजरायल पक्षले अस्वीकार गर्दै आएको छ । विभागका निर्देशक एवं इजरायल जापान शाखाका प्रमुुख डम्बरबहादुर सुनुवारले अब पहिलो चरणमा छनोट हुन नसकेका युवाले सुरुबाट नै नयाँ प्रक्रिया पूरा गरेर आवेदन दिनुपर्ने बताए ।

 

नेपालमा तत्काल रोजगारीको सम्भावना नभएको र विप्रेषण आयसमेत घट्दै गइरहेको भन्दै सरकारले थप नेपाली युवालाई रोजगारीका लागि इजरायल पठाउने योजनासहित थप एक हजार युवालाई रोजगारी दिन अनुरोध गरेको थियो तर इजरायल पक्षले पहिला सकारात्मक देखिए पनि तत्काल पाँच सय जना लग्ने गरी प्रस्ताव पठाएको विभागले जनाएको छ । इजरायलमा केयर गिभरको सहायक श्रमिकमा जाने नेपालीले मासिक एक हजार छ सय अमेरिकी डलर पारिश्रमिक पाउँदै आएका छन् । गोरखापत्र दैनिक

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x