बलिउड अभिनेता आमिर खान सुटुक्क नेपाल आए
वि.सं.२०८० वैशाख २४ आइतवार
33.1K
shares
shares
काठमाडौं । बलिउड अभिनेता आमिर खान आज बिहान नेपाल आएका छन् । उनी बिहान १० बजे भिस्तारा एयरलाइन्सको विमानबाट काठमाडौं आइपुगेको अध्यागमन स्रोतले अनलाइनखबरलाई जानकारी दिएको छ ।
उनी बुढानीलकण्ठस्थित विपस्यना ध्यान केन्द्रको कार्यक्रमा सहभागी हुन नेपाल आएको जनाइएको छ । आमिरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही व्यवसायीहरुले स्वागत गरेका थिए । यसअघि उनी सन् २०१४ मा राष्ट्रसंघीय नियोग युनिसेफको दूतको रुपमा काठमाडौं आएका थिए ।
Subscribe
0 Comments
Oldest
































