मुरलीधर र डा. दामोदर रेग्मीको गीत सार्वजनिक
वि.सं.२०८० असार २४ आइतवार
shares
काठमाडौं । गीतकार सुपरिचित लेखक तथा प्रशासक डा. दामोदर रेग्मीको शव्द रचना रहेको सिरेटोले छुदै छुन्न गीत सार्वजनिक भएको छ । लोकप्रिय गायक तथा संगीतकार मुरलीधर को स्वर तथा संगीत रहेको उक्त गीत म्यूजिक नेपालमा रेकर्डिंग भएको र प्रकाश खरेलले रेकर्डिंग गरेका हुन् ।
भारतको मुम्बइमा रहि नेपाली तथा अन्य भाषाका गीत संगीत सिर्जनामा लागिरहेका मुरलीधरले नेपाल आउदा केही सीमित तथा मन छुने गीत गाउने इच्छा रहने भएको र यसपटक दुई प्रशासकहरु डा. दामोदर रेग्मी र सुरेश आचार्यको शव्दमा गीत गाउने अवसर प्राप्त भएको बताए । गीतकार डा. दामोदर रेग्मीका केही गीतका लिखित अंश हेर्दा उहाका जीवन्त र मर्मस्पर्सी गीतमा आफनो लय र संगीत भर्न पाउदा खुशी लागेको वताए ।
आफ्नो उडायो सपना सवै हुरीले जस्तै यो गीत पनि कालजयी बन्ने उनले बताए । विरही शव्द र भाकामा रहेको यो गीतले मन छोएको कुरा वताए । गीतकार रेग्मीले मुरलीधर जस्तो सुप्रसिध्द संगीतकार र गायक संग आफ्नो सिर्जनालाई लय र संगीतमा ढाल्न पाउनु गर्वको कुरा रहेको वताए । गीतकार रेग्मीका प्रताप दास र अनु चौधरीको स्वर र संगीतकार डि वि लामा राजुको संगीत रहेको अलिकति हास्नु तिमी अलिकति म हाँसुला वोलको एक प्रेमिल जोडीको विरह कथामा चुनौतीहरु जीवनको अपरिहार्य पक्ष रहेको र चुनौतीहरुलाई सामना गर्ने सामर्थ्य रहनु पर्ने भावमा रहेको मेलोडी गीत सवैमा उत्साह जगाउने यस अघि आइसकेको छ ।
साथै गीतकार रेग्मीको शव्द रचनामा आनन्द कार्कीको स्वर र किरण कडेलको संगीत रहेको एक अञ्जुली मायाको उपहार छरिदेउ गीत पनि सार्वजनिक भैसकेको छ ।
































