जबसम्म गरीबि निवारणमा राज्यले उल्लेख्य काम गर्न सक्दैन तबसम्म बालश्रमको समस्या रहिरहन्छ
वि.सं.२०८० साउन ३ बुधवार
shares
कास्की। श्रममा रहेका बालबालिकालाई विज्ञको रुपमा लिएर श्रमिक बालबालिकाको सहभागिता प्रबद्र्धन साथै बालश्रम न्युुनीकरणको लागि आसमान नेपालले केएनएच जर्मनीको सहयोगमा सञ्चालन गरिरहेको विज्ञको सुनुवाई कार्यक्रम अन्तर्गत बाल श्रमिक, उनीहरुका अभिभावक, बाल श्रमिक अध्ययनरत विद्यालयका शिक्षक, संघसंस्था, पेशागत संगठनका प्रमुख तथा प्रतिनिधिहरु संग कार्यशाला आज कास्कीे जिल्लाको पोखरामा सम्पन्न भएको छ ।
विगत २५ वर्षदेखि बालबालिकाको क्षेत्रमा काम गर्दै आएको संस्था आसमान नेपालको आयोजना र गण्डकी प्रदेशमा बालबालिकाको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको संस्था सिडब्लुएसएनको समन्वयमा भएको कार्यक्रममा २४ जना सहभागीहरुको सहभागिता रहेको थियो ।

सिडब्लुएसएनकी पुर्नरस्थापना सहकर्ता प्रकृति पनेरुले सहभागीहरुलाई स्वागत गरेकी थिईन भने कार्यक्रमको उद्धेश्य माथि आसमान नेपालको कार्यक्रम संयोजक दिपेन्द्र कुमार तिवारीले प्रकाश पारेका थिए । आसमान नेपालकी एड्भोकेसी अधिकृत गंगा सुवेदीले बालश्रमको विषयमा प्रस्तुतीकरण गरेकी थिइन । मुख्यतया बालश्रमको कारण, श्रमिक बालबालिकाको सवाल, बालश्रमले सृजना गरेको असर, बालश्रम न्युनीकरणको लागि आवश्यक कार्यहरु र आगामी दिनमा वकालत गर्नुपर्ने मुख्य विषय तथा क्षेत्रहरुको विषयमा छलफल तथा अन्तरक्रिया गरिएको छ ।
बाल श्रमिक र उनीहरुका अभिभावक समेत उपस्थित भएको उक्त कार्यक्रममा बालश्रम गर्नु परेको मुख्य कारण न्युन आर्थिक अवस्था, पारीवारिक बेमेल कलह, आमाबाबु विहिन भएकाले श्रम गर्नुपरेको बताएका छन् ।
बालश्रमको मुख्य जड भनेको गरीबि हो । जबसम्म गरीबि निवारणमा राज्यले उल्लेख्य काम गर्न सक्दैन तबसम्म यो समस्या रहिरहन्छ । १६ वर्षमा नागरिकता दिने तर १८ वर्ष भन्दा मुनीका बालबालिकालाई काममा लगाउन नहुने कुरा आफैमा विवादास्पद छ । १८ वर्षमा नागरिकता दिने प्रणालीको विकास हुनुपर्छ किनकी कतिपय व्यवसायीहरुले नागरिकताको आधारमा काम गर्ने अवसर दिईरहेका हुन्छन । संघले होटलहरुलाई सदस्यता प्रदान गर्दा कानुन द्धारा बन्देज कार्यहरु गर्न र गराउन पाईनेछैन भनी लिखित रुपमा दिने गरेको छ । होटलमा बालबालिका श्रममा भएको पाईएमा व्यवसायीलाई सम्झाउने संगै उचित कारबाहीको दायरमा ल्याउन संघले भुमिका खेल्ने विषयमा पृथ्वी होटल व्यवसायी संघका अध्यक्ष बालकृष्ण न्युरे ले बताएका छन् ।

आज श्रममा भएका व्यक्ति भोली सफल व्यवसायी, उद्यमी बन्न सक्छन । काम गर्ने क्रममा सिप आर्जन गर्न सक्छन आर्थिक उपार्जन गर्ने विभिन्न आधारहरु पहिचान गर्न सक्छन । तर उमेर अनुसार गर्न सक्ने निश्चित कामहरु तोक्नुपर्ने र मर्यादित रुपमा काम लगाउन पर्ने आवश्यकता विषयमा पश्चिमाञ्चल होटल संघका अध्यक्ष लक्ष्मण सुवेदीले बताएका छन् ।
सिप आर्जन गर्नु जिविकोपार्जनको सहयोगी पाटो हो । सरकारले हरेक युवाहरुलाई सिप प्रदान गर्नुपर्छ सोही किसिमको नीति कानुन तर्जमा गर्नुपर्छ संगै कार्यान्वयनमा प्रभावकारीता हुनु पनी जरुरी छ । सिपयुक्त नागरिक बनाउन राज्य र संघसंस्थाहरुले सहयोग गरीरहेका छन् जसले गर्दा बालश्रमलाई न्यूनीकरण गर्न मद्धत पुगेको विषयमा कास्की पोखरा हस्तकला संघका अध्यक्ष रामकाली खड्काले बताईन ।
बालश्रम न्यनीकरणको लागि राज्यका जिम्बेवार निकायहरुसंग निरन्तर छलफल गर्दै अनुगमन र नियमनलाई प्रभावकारी बनाउन आवश्यक छ । संघमा आवद्ध व्यवसायमा बालश्रम प्रयोग नगर्नका लागि जानकारी गराउने संगै बालश्रम न्युनीकरणको लागि संघसंस्थासंग सहकार्य गरी आवश्यक कार्य गर्न प्रतिवद्ध रहेको व्यवसायी संघका प्रमुख तथा प्रतिनिधिहरुले बताएका छन् ।
































