गीतकार डा. दामोदर रेग्मीको भिडियो म्युजिक सार्वजनिक
वि.सं.२०८० असोज १० बुधवार
shares
काठमाडौं।गोदावरीको मनमोहक दृष्यमा एक युगल जोडी केही पाइला तिमी चाल्नु जंघार म तरिदिउंला शव्दको लयमा गाइरहेका छन् । प्रसंग हो चर्चित गायक प्रताप दास र कोकिलकण्ठी गायिका अन्नु चौधरीको स्वरमा गीतकार डा. दामोदर रेग्मीव्दारा लेखिएको गीतको भिडियोको । उक्त गीत OSR Digital मार्फत सार्वजनिक भएको छ ।डा दामोदर रेग्मी कुशल प्रशासक तथा चर्चित लेखक पनि हुन् ।
अलिकति हास्नु तिमी अलिकती म हासुला बोल रहेको उक्त गीतमा डि. वि. लामाले संगीत भरेका छन् । नेपाल आइडियलबाट चर्चित बन्न पुगेका गायक प्रताप दास अहिलेका धेरै रुचाइएका गायकहरु मध्येमा पर्ने गर्दछन् । त्यसै गरि गायिका अन्नु चौधरी अर्की सफल गायिका हुन् उनलाई नेपालको अल्काइ यांग्निकको रुपमा समेत चिन्ने गरिन्छ । यस्ता सफल तथा युवा गायक गायिका र शव्दको मर्मलाई कर्णप्रिय संगीतमा ढाल्न सक्ने अर्का युवा संगीतकार डि. वि. लामाको संगीतले गीतलाई धेरै आकर्षक बनाएको गीतकार डा. दामोदर रेग्मीले बताए ।
संगीतकार डि. वि. लामाले डा. रेग्मीको गीतका हरेक शव्द गहन रहेको र त्यसमा गायक गायिकाले पूर्ण न्याय गरेको बताए । गायक प्रताप दासले गीतका शव्द साह्रै मर्मस्पर्सी रहेको र यस्तो गीत गाउन पाउदा खुशी लागेको वतए । गायिका अन्नु चौधरीले यो गीतले हरेक परिस्थितिलाई सामना गरि अघि बढ्नु पर्ने सकारात्मक सन्देश दिएको वताइन, यस गीतमा काम गर्न पाउंदा मलाइ खुशी लागेको छ उनी थप्छिन। अलंकार डिजिटल स्टुडियोमा रेकर्ड भएको उक्त गीतका एरेन्जर विशाल निरौला र रेकर्डिस्ट रन्जन राइ रहेका छन् । भिडियोको अर्को आकर्षक पक्ष अभिनय रहेको छ । गीतमा आर. आर. खड्का र सृष्टि खड्काले अभिनय गरेका छन् । आर आर खड्काले गीतकार डा. दामोदर रेग्मीसंग आनन्द कार्कीको स्वरमा रहेको एक अञ्जुली मायाको उपहार छरिदेउ गीतमा समेत सहकार्य भएको र यस गीतमा अभिनय समेत गर्न पाउदा खुशी लागेको वताए । गीत र भिडियो दुवै उत्कृष्ट रहेको उनले बताए । नितिन चन्दको निर्देशन रहेको उक्त भिडियोका निर्माता शिसिर गुरुंग रेका छन् भने डिजाइनर मर्कुश तामांग, मेक अप नन्दा अधिकारी र प्रिया कार्की, एल पी एम निर्मल न्यौपाने, सम्पादन शिलन लम्साल, क्यामेरा दिनेश पराजुली, कोरियोग्राफर सियोन श्रेष्ठ रहेका छन् । एक अञ्जुली मायाको उपहार छरिदेउ गीतका निर्देशक सियोन श्रेष्ठ रहेका थिए । पव्लिसिटि डिजाइन नोभिस आर्टसले गरेको छ । गीतकार डा दामोदर रेग्मीको गीतमा आनन्द कार्कीको स्वर र किरण कडेलको संगीतमा तथा मुरलीधरको स्वर र संगीत भरेको गीत सार्वजनिक भैसकेको छ दुवै गीत अति नै कर्णप्रिय छन्।
निर्देशक नितिन चन्दले सरल स्भावका गीतकार डा. दामोदर रेग्मीका सवै गीतहरु साह्रै नै राम्रा र कर्णप्रिय रहेकोले उहाको गीतमा निर्देशन गर्न पाउंदा खुशी लागेको वताए । कोरियोग्राफर सियोन श्रेष्ठले धेरै गीतहरुमा काम गरेता पनि यस गीतमा काम गर्दा छुट्टै आनन्द भएको वताए । भिडियोको लिंक



























