गायिका कमला रिसालको ‘मेरो हजुर’ गीतको भिडियो सार्वजनिक
वि.सं.२०८० असोज ११ बिहीवार
12K
shares
shares
काठमाडौं।साहित्यकार तथा गायिका कमला रिसालले आफ्नै शब्द संगीत तथा आवाजमा लोक पप गीत ‘मेरो हजुर’ गीतको भिडियो सार्वजनिक भएको छ ।
गायिका रिसालले आफ्नै अफिसियल यूट्यूब च्यानल Kamala Risal बाट सार्वजनिक गरेकी हुन् । बहुप्रतिभाकी धनि गायिका साहित्यकार कमला रिसालले उक्त गीतमा शब्द पनि आफै लेखेकी हुन् भने, संगीत पनि आफै गरेकी छन् । गीत एकदम रमाईलो नाचम नाचम टाईपकोछ ।
गीत अनुसार भिडियो पनि उत्तकै आकर्षक बनेको छ । गीतमा एरेन्ज विशन मानन्धरको रहेको छ । गीतको भिडियो मा निर्देशन निरेन श्रेष्ठ, छायानाकन राम के सी सम्पादन बिष्णु खड्का, को रहेको छ । गीतको भिडियोमा हसिना बिश्वकर्मा र मोडल दिपेन्द्र सोनामको दमदार नृत्य सहित अभिनय रहेको छ ।
गीतको अडियो भिडियो पोस्ट प्रोडक्सन दर्शित म्यूजिक एण्ड मिडियाले गरेको छ ।



























