फोन पानीमा खस्यो वा भिज्यो ? नगर्नुस चिन्ता

1.6K
shares

अव बर्सातको मौसम आउँदै छ । हामी मोबाइल  भिजेर वा कहिले काहीँ  पानीमा खसेर हैरान हुन्छ । पानीमा परेको मोबाइल  छिट्टै खराब पनि हुन सक्छ । तर यो सानो टिप्स तपाईँलाई काम लाग्न सक्छ ।

फोन पानीमा खस्यो वा भिज्यो यस्तो गर्नुहोस् 

सर्व प्रथम त्यसलाई स्विच अफ गर्नु होस र बाहिर बाट कुनै कपडा वा नेपकिनले हल्का सँग पुछ्नु होस त्यस्तो गर्दा ध्यान दिनुहोस् कि कुनै बटन नथिचियोस् ।

 

त्यसपछि त्यसबाट ब्याट्री झिक्नुहोस् । यदि ब्याट्री झिक्न नमिल्ने फोन भए जबरजस्ती नगर्नु होस ।  त्यसबाट सिम र मेमोरी कार्ड झिक्नुहोस् ।

 

अब हेयर ड्रायरको साहयताले ओरिपरी बाट मोबाइललाई सुकाउनु होस। ड्रायर छैन भने चामलको भाँडोमा फोन राख्नुहोस तर फोन भित्र चामल नछिरोस् भनेर सचेत रहनु होस ।

यसलाई एक दिन सम्म सुकाउने प्रयास नै गर्नुहोस् ।

अव फोन स्विच अन गर्नुहोस । अन भएन भने चार्जमा राखिदिनु होस ।

फोन चार्ज नै भएन वा त्यसपछि पनि केही ड्यामे भएको जस्तो लागेमा मर्मत गराउनु होस ।

civil hospital
Hams Hospitals