आजबाट नेपालमा टिकटक बन्द हुने
वि.सं.२०८० कात्तिक २८ मंगलवार
57.4K
shares
shares
Photo By: LONDON, ENGLAND - FEBRUARY 28: In this photo illustration, a TikTok logo is displayed on an iPhone on February 28, 2023 in London, England. This week, the US government and European Union's parliament have announced bans on installing the popular social media app on staff devices. (Photo by Dan Kitwood/Getty Images)
काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले सरकारको निर्णयअनुसार टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायकहरूलाई पत्राचार गरेकोले आज साँझसम्म सबैतिर टिकटक बन्द हुनसक्ने छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक द्वेष फैलाएको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेको थियो । लगतै दूरसञ्चार प्राधिकरणले सरकारको निर्णय कार्यान्वयनका लागि सेवा प्रदायकलाई पत्राचार गरेको थियो ।
दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले भने, ‘हामीले टिकटकलाई पनि इमेल लेखेका छौँ । आजसम्म सबै ब्लक हुन्छ होला ।’
Subscribe
0 Comments
Oldest
































