टिकटक प्रतिबन्धबारे सर्वोच्चको यस्तो आदेश

57.3K
shares
Nabil bank

काठमाडौ । सर्वोच्च अदालतले टिकटकमाथि प्रतिबन्ध लगाउनुको कारण १५ गते भित्र पेस गर्न सरकारलाई आदेश दिएको छ ।सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको इजलासमा आज सुनुवाइ गरी रिटमा विपक्षी बनाइएका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल टेलिकम र नेपाल दूरसञ्चार प्राधिकरणलगायतलाई टिकटकलाई प्रतिबन्ध लगाउनुको कारण सोधेको हो ।

 

सरकारले टिकटकमाथि लगाएको प्रतिबन्ध तत्काल हटाउन माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरू अनन्तराज लुइँटेल, सुनिलरञ्जन सिंह, भद्रप्रसाद नेपाल, त्रिलोकबहादुर चन्द, प्रेमराज सिलवाल, यज्ञमणि न्यौपाने तथा युवराज पौडेल लगायतले सर्वोच्चमा छुट्टाछुट्टै १४ वटा रिट दायर गरेका थिए ।

 

गत शुक्रबार १० वटा रिट दर्ता भएकोमा हिजो थप ४ वटा दर्ता भएपछि टिकटक प्रतिबन्धविरुद्धका रिट १४ वटा पुगेका हुन् ।सार्वजनिक शिष्टाचारविरुद्धका सामग्री नहटाएको र प्रयोगकर्ताको विवरण उपलब्ध नगराएको भन्दै सरकारले गत कात्तिक २७ गते टिकटकलाई प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x