बालिका बलात्कारको आरोपमा एक जना पक्राउ
वि.सं.२०८० माघ १५ सोमवार
14.3K
shares
shares
झापा । १५ वर्षीया बालिका बलात्कार आरोपमा एकजना पक्राउ परेका छन्।मोरङ उर्लाबारी नगरपालिका-८ का १९ वर्षीय आयुष धिमाल पक्राउ परेका हुन्।
उनलाई ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको टोलीले आइतबार राति पक्राउ गरेको हो।धिमालले झापाको मेचिनगर नगरपालिका-१२ चारआलीस्थित हट स्मोक क्याफेको कोठामा शनिवार राति बलात्कार गरेको उजुरी छ।सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेकोछ।
Subscribe
0 Comments
Oldest































