विनोद चौधरीको भाइलाई पक्राउ गरेको विरोधमा निजी क्षेत्रको पत्रकार सम्मेलन,अफिसमै गएर पक्राउ गर्न हुँदैनथ्यो: परिसंघ

14.2K
shares
Nabil bank

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघ र नेपाल उद्योग परिसंघ(सीएनआइ)ले उद्यमी व्यवसायीमाथि भैरहेको धरपकड एवं पक्राउबारे गम्भीर ध्यानाकर्षण जनाएका छन । विहीबार सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुणकुमार चौधरीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको सम्बन्धमा सीएनआई पत्रकार सम्मेलन गर्दै र महासंघले प्रेस वक्तव्य जारी गर्दै ध्याननाकर्षण भएको जनाएका हुन।

 

महासंघले सम्बन्धित विषयको गहिरो अनुसन्धान नभएसम्म व्यवसायीलाई पक्राउ नगर्न सरकारलाई पटकपटक आग्रह गर्दै आएको जारी विज्ञप्तिमा उल्लेख छ । पहिले गिरफ्तार गर्ने र त्यसपछि समस्या पहिल्याउने प्रवृत्तिले देशको वर्तमान व्यवसायिक परिदृश्यबाट पहिले नै निराश भएका व्यवसायीहरूलाई थप निरुत्साहित बनाएको जनाएको छ ।

 

त्यस्तै, सीएनआइले विहीकार पत्रकार सम्मेलन गर्दै राज्यले नीति क्षेत्रलाई आतंकित पारेको आरोप लगाएको छ । पत्रकार सम्मेलन गर्दै सीएनआइका अध्यक्ष राजेश अग्रवालले भने, ‘राज्यले नीति क्षेत्रलाई सधै धरपकड गर्ने र कानुनी विधि सम्बत राज्य नचलेको देखियो ।’

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x