सुन, चाँदीसहित पोखरामा एक जना पक्राउ

13.7K
shares
Nabil bank

 

पोखरा । पोखरामा ज्वेलर्स सञ्चालन गर्दै आएका एकजना भारतीय नागरिक स्रोत नखुलेको ठूलो मात्रामा सुन, चाँदीसहित पक्राउ परेका छन् ।

 

पक्राउ पर्नेमा पश्चिम बंगालका ४० वर्षीय सुरजित भौमिक रहेको प्रहरी स्रोतले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी मोहनकुमार थापाले स्रोत नखुलेको सुन र चाँदीसहित एकजना पक्राउ परेको पुष्टि गरे । ‘कति मात्रामा भन्ने अझै खुलेको छैन । केहीबेरमा हामी जानकारी दिन्छौं’, उनले भने ।

 

पक्राउ परेका भौमिकले पोखरा २, भैरवटोलमा सुनचाँदी व्यवसाय गर्दै आएका छन् । उनलाई भैरवटोलबाटै पक्राउ गरिएको एसपी थापाले जानकारी दिए ।प्रहरी स्रोतका अनुसार अहिले बरामद गरिएको सुन तथा चाँदी, सुनचाँदी व्यवसायी संघको सहयोगमा नापजाँच गर्ने काम चलिरहेको छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x