मृत्यु भइसकेका व्यक्तिको नाममा वृद्धभत्ता खाने वडा अध्यक्ष

1.4K
shares

काठमाडौं।मृत्यु भइसकेका व्यक्तिको नाममा वृद्धभत्ता लिएको आरोपमा एक जना वडाअध्यक्ष अख्तियारको फन्दामा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सल्यानको शारदा नगरपालिका ३ का तत्कालीन वडाध्यक्ष टोपबहादुर थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

 

उनले अस्तित्वमा नै नभएको मान्छे आफ्नो आमा नाता नजाई वृद्धभत्तावापत ५१ हजार रुपैयाँ लिएको अख्तियारको दाबी छ । उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन अनुसार कारबाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

 

उनले तीन आर्थिक वर्ष २०७४/७५, आर्थिक वर्ष २०७५/७६ र आर्थिक वर्ष २०७६/७७ मा गरी अस्तित्वमा नै नभएको मान्छे आफ्नो आमा नाता नजाई वृद्धभत्तावापत ५१ हजार रुपैयाँ लिएको अख्तियारका प्रवक्ता घिमिरेले बताए ।

civil hospital
Hams Hospitals