कंगना रनावतलाई एयरपोर्टमा थप्पड

29.2K
shares
Nabil bank

काठमाडौं । भारतको लोकसभा सदस्यमा नवनिर्वाचित बलिउड नायिक कंगना रनावतलाई एक महिला जवानले थप्पड हानेकी छन् । चण्डीगढ एयरपोर्टमा उनीमाथि सिआइएफएसकी महिला जवानले थप्पड हानेको भारतीय समाचार एजेन्सीले उल्लेख गरेका छन् । उनी चण्डीगढबाट दिल्लीतर्फ उडान भर्ने क्रममा रहेका बेला थप्पड प्रहार भएको हो ।

 

 

किसान आन्दोलनको बेला कंगनाको रवैया किसान विरोधी रहेको भन्दै उनीमाथि थप्पड प्रहार भएको न्यूज नेशनको रिपोर्टमा उल्लेख छ । उनी विमानस्थलका उडान पर्खिरहेकी थिइन् र महिला जवान सरासर आएर गालामा थप्पड हानेकी थिइन् ।

 

यसैबीच कंगनाले स्थानीय प्रहरीमा लिखित जाहेरी दिएपछि सीआईएफएसकी महिला जवानलाई हिरासतमा लिइएको छ । कंगनाले सुरक्षा जाँचका क्रममा आफूमाथि ती महिला जवानले थप्पड हानेको उल्लेख गरेकी छन् ।

 

 

हालै सम्पन्न निर्वाचनमा उनी मण्डी जिल्लाबाट भाजपाको उम्मेदवार बनी सांसद निर्वाचित भएकी थिइन् ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x