नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक जना पक्राउ

1.2K
shares

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका थप एक जना पक्राउ परेका छन् ।

 

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले फरार रहेका बेचन झालाई शुक्रबार पक्राउ गरेको परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।

 

 

 

यसअघि प्रहरीले झाको वतनको पूरा विवरण नखुलेको भन्दै खुलेका बखत पुन: अनुसन्धान गर्नेगरी अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।

 

शुक्रबार नै परिसरको टोलीले पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापालाई बौद्धबाट पक्राउ गरेको थियो । उनीहरू विरुद्ध आइतबार म्याद थप गर्ने प्रहरीको तयारी छ ।

civil hospital
Hams Hospitals