जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ
वि.सं.२०८१ साउन २ बुधवार
10.4K
shares
shares
तनहुँ। शुक्लागण्डकी नगरपालिका-७ नमुना भोटेपानी टोल बस्ने ५६ वर्षीय रेख बहादुर थापा मगर समेत १६ जनालाई जुवातास खेलिरहेको अवस्थामा मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ।
थापाको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनीहरूलाई ५९ हजार ९ सय ६० रुपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो ।
Subscribe
0 Comments
Oldest































