नेताद्वय खनाल र नेपालसहित ११ जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्काशन
वि.सं.२०७८ जेठ १० सोमवार
1.1K
shares
shares
काठमाडौँ । नेकपा एमालेले वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालसहित ११ जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्काशन गरेको छ ।
पार्टीबाट निष्काशित हुनेमा खनाल , नेपाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पाकुमारी कर्ण, कलिला खातुन, लक्ष्मी कुमारी चौधरी, निरादेवी जैरु रहेका छन् ।
शनिबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको भन्दै खनाल–नेपालसहित ११ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । तर स्पष्टीकरणकाे कुनै जवाफ नआए पछि उनीहरुलाई पाटीले साधारण सदस्य समेत नहुने गरि पाटीबाट निष्काशन गरेकाे हाे ।



























