थप अनुसन्धान हुने लामिछानेमाथि: नेपाल प्रहरी

16.4K
shares
Nabil bank

काठमाडौं ।पछिल्लो समय पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणसँग जोडिएका तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि प्रहरीले पुनः अनुसन्धान गर्ने तयारी थालेको छ ।

 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया ग्रुपमा सहकारीको रकम प्रयोग भएको खुलेको थियो । उक्त प्रमाणका आधारमा उनीमाथि अनुसन्धान अघि बढाउने तयारी प्रहरीले थालेको हो ।

 

गोर्खा मिडिया ग्रुपका अध्यक्ष गितेन्द्रबाबु राई (जिबी) हाल फरार छन् । जीबी राई अध्यक्ष रहेको गोर्खा मिडिया ग्रुपले ग्यालेक्सी टेलिभिजन सञ्चालनमा ल्याएको थियो ।

टेलिभिजनका प्रबन्ध निर्देशकमा रवि लामिछाने थिए ।

 

त्यही आधारमा प्रहरीले लामिछानेमाथि अनुसन्धान गर्ने तयारी गरिरहेको प्रहरी उच्च स्रोतले जानकारी दिए ।‘‘सहकारीको रकम हिनामिना अनुसन्धानमा केही राजनीतिकरण पनि भएको छ । पछिल्लो समय संसदीय छानबिन समिति बनेको हुँदा प्रतिवेदन दिएपछि हामी अनुसन्धानलाई तीव्र पार्ने छौं,’’ उच्च प्रहरी स्रोतले भन्यो ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x