टोखामा दिनदहाडै चोरी…
वि.सं.२०८१ साउन ८ मंगलवार
14.2K
shares
shares
काठमाडौँ । काठमाडौँको टोखा नगरपालिका-८ मा सोमबार दिउँसो चोरी भएको छ । गैरीगाउँस्थित मदन भण्डारीको घरमा चोरी भएको हो ।
कोठाको ढोका फोडेर विभिन्न सुन तथा चाँदीका गरगहना र नगद २५ हजार रुपैयाँ गरी करिब ४ लाख ९९ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।
Subscribe
0 Comments
Oldest































