कामु प्रधान सेनापतिमा सिग्देल नियुक्त

31.3K
shares
Nabil bank

काठमाडौँ । नेपाली सेनाको कायम मुकायम प्रधान सेनापतिमा बलाधिकृत रथी अशोकराज सिग्देल नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रथी सिग्देललाई बुधबार कायम मुकायम प्रधान सेनापति तोकेका हुन् ।

 

राष्ट्रपति पौडेलले ज्येष्ठता आधारमा सिग्देललाई सैनिक ऐन, २०६३ को दफा ८ को उपदफा (३) बमोजिम मन्त्रिपरिषद्को सिफारिसका आधारमा नेपाली सेनाको कायम मुकायम प्रधान सेनापति तोकेका हुन् ।

 

 

प्रधान सेनापति महारथी प्रभुराम शर्माको तीन वर्षे कार्यकाल आगामी भदौ २५ मा समाप्त भएर अवकाश पाउँदै छन् ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x