इन्सपेक्टर बमविरुद्ध मानव अधिकार आयोगमा उजुरी
वि.सं.२०८१ साउन २९ मंगलवार
2.4K
shares
shares
काठमाडौं । नेपाल प्रहरीका इन्सपेक्टर तिलकबहादुर बमविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी परेको छ ।आन्दोलनकारीमाथि अत्याधिक बल प्रयोग गरेको आरोपमा उनीमाथि कारबाही माग गरिएको छ ।गत शनिबार नेपाल बिद्युत् प्राधिकरणका कार्यकारी कुलमान घिसिङको पक्षमा माइतीघरमा भएको आन्दोलनमा इन्सपेक्टर बमले केही अभियान्ताहरुमाथि बल प्रयोग गरेका थिए ।
सोम शर्मा लगायत केहीलाई भुईमा लडाएर मुक्काले हानेको भिडियो भाइरल भएको छ ।भिड नियन्त्रणमा न्यूनतम बल प्रयोग गर्नुपर्नेमा नियन्त्रणमा लिएर कुटपिट भएपछि प्रहरी विवादमा परेको हो ।इन्सपेक्टर बम नगर प्रहरीमा कार्यरत छन्।





























