सक्किगोनीका ‘सिते बा’सँग सहकारी छानबिन समितिले लियो बयान

20.8K
shares
Nabil bank

काठमाडौँ । विभिन्न ८ वटा सहकारीमा आबद्ध ‘सिते बा’ भनिने मधुसूदन पाठक ‘सिते बा’सँग सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले बयान लिएको छ ।

 

समितिका सभापति सूर्य थापाले विशेष समितिको कार्यविधिअनुसार विभिन्न सहकारीको बचत दुरुपयोगमा संलग्नका रूपमा आरोपित व्यक्तिहरूमध्ये शनिबार उनीसँग बयान लिइएको जानकारी दिए ।

 

 

 

पाठक ज्येष्ठ बचत तथा ऋण सहकारी संस्थाका सचिव हुन् भने अन्य ८ वटा सहकारी संस्थाहरूसँगआबद्ध छन् । बैठकमा उनले समितिले सोधेका विषयहरूमा जवाफ पेस गरेको बताइएको छ । सिते बा कलाकार समेत हुन् भने गत निर्वाचनमा उनले काठमाडौँ ५ बाट प्रतिनिधिसभा निर्वाचन समेत लडेका थिए ।

 

समितिले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा विभिन्न व्यक्तिलाई बोलाएर बयान तथा छलफल गर्दै आएको छ । आजै अन्य तीन जनालाई पनि समितिले बोलाएर बयान लिएको थियो ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x