नेशनल फण्ड म्यानेजमेन्टको अवितरित हकप्रद सेयरको बिक्री प्रक्रिया रद्द, यस्तो छ कारण

1.1K
shares

काठमाण्डौ । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले ११ लाख कित्ता बढी संस्थापक समूहको अवितरित हकप्रद सेयर बिक्री प्रक्रिया रद्द गरेको छ । कम्पनीले भदौ १३ गतेदेखि २० गतेसम्म लिलामी प्रक्रियाद्वारा बिक्री गर्ने तय भएको ११ लाख ७२ हजार कित्ता अवितरित हकप्रद सेयरको बोलकबोल प्रक्रिया रद्द गरेको हो ।

कम्पनीले सेयर बिक्रीका लागि भदौ ६ गते सूचना जारी गरेको थियो ।

 

नेशनल फण्ड म्यानेजमेन्टको गत जेठ २५ गतेको विशेष साधारण सभाबाट पारित भई सञ्चालक समितिको निर्णय बमोजिम जेठ ३२ गतेसम्म कायम संस्थापक सेयरधनीहरुका लागि चुक्ता पूँजी ५४ करोडको २ः१ अर्थात ५० प्रतिशत ले हुन आउने प्रति शेयर अंकित मूल्य रु.५० दरको २७ करोड रुपैयाँ बराबरको ५४ लाख कित्ता हकप्रद सेयर असार १९ गतेदेखि साउन २२ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो । कम्पनीले उक्त निष्काशित सम्पूर्ण सेयरको लागि आवेदन प्राप्त नभई बाँकी रहन गएको सेयर लिलामी प्रक्रियामार्फत बिक्री गर्न लागेको थियो ।

 

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५० रुपैयाँ र प्रिमियम थप ५० रुपैयाँ गरि कुल १०० रुपैयाँ निर्धारण गरिएको थियो ।

civil hospital
Hams Hospitals