Nepal Automobile Importers and Manufacturers Association (NAIMA)

‘जे सिक्स’को मुल्य ६६ लाख ९९ हजार, यस्तो छ फिचर्स

1.3K
shares

काठमाडौं । जेको ब्राण्डको एसयुभी जे सिक्स सार्वजनिक भएको छ । नेपालका लागि आधिकारिक बिक्रेता रहेको एसपीजी अटो मोबाइलले मंगलबार नाडा अटो शोमा जे सिक्स सार्वजनिक गरेको हो ।

 

४४०६ एमएम लम्बाई, १९१० एमएम चौडाई र १७१५ एमएम उचाई रहेको जे सिक्समा २७१५ एमएम लामो ह्विलबेस छ । चेरीको सब ब्राण्ड जे सिक्स १३५ किलोमिटर क्षमताको मोटर रहेको छ ।

 

६९.८ किलोवाट आवर क्षमताको ब्याट्री रहेको यस गाडीले एकपटकको चार्जमा ५०१ किलोमिटर माइलेज दिने कम्पनीको भनाइ छ ।

 

कम्पनीका अनुसार यसको मूल्य ६६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

 

एसपीजी अटो मोबाइलले नाडामा जे सिक्ससहित ओमोडा पनि प्रदर्शनमा राखेको छ । ओमोडा पनि चेरीकै सबब्राण्ड हो ।

civil hospital
Hams Hospitals