प्रहरी हवल्दार क्षेत्रीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
वि.सं.२०८१ भदौ २६ बुधवार
14.6K
shares
shares
काठमाडौं।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा कार्यरत प्रहरी हवल्दार डुकबहादुर खड्का क्षेत्रीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अवैधरूपमा घरायसी सामान ल्याउन सहजीकरण गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका उनीविरुद्ध बुधबार मुद्दा दायर गरिएको हो ।
भारतबाट रुपन्देहीको भगवानपुर नाका हुँदै घरायसी सामान ल्याउन सहजीकरण गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उनी पक्राउ परेका थिए ।
अनुसन्धानको सिलसिलामा उक्त रकम घुस लिएको पुष्टि भएपछि बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिएका छन् ।
Subscribe
0 Comments
Oldest































