अख्तियारद्वारा पहिलोपटक सम्पत्ती शुद्धकिरणसम्बन्धि मुद्दा दायर

11.2K
shares
Nabil bank

 

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति शुद्धीकरण सम्बन्धि कसुरमा पनि मुद्दा चलाउन थालेको छ।

आयोगले बिहीबार लुम्बिनी विकास कोषका तत्कालिन योजना प्रमुख सरोज भट्टराईविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धि कसुरमा मुद्दा दायर गरेको छ ।उनले घुसवापत आमाको नाममा जग्गा लिएका थिए । भक्तपुरको गुन्डुमा आमा जनक नन्दीनी भट्टराईको नाममा दुई रोपनी ११ आना घुसवापत लिएको खुलेको थियो ।

सोही कसुरमा यसअघि भ्रष्टाचार मुद्दा दायर भइसकेको छ । सम्बद्ध कसुरमा आयोगले सम्पत्ति शुद्धीकरणतर्फ पनि अनुसन्धान गर्न पाउने भएकाले त्यसको छुट्टै अनुसन्धान गरी मुद्दा दायर भएको हो ।

गत चैतमा संशोधन भएको सम्पत्ति शुद्धीकरणसम्बन्धि ऐनले अख्तियार, प्रहरी लगायत निकायलाई सम्बद्ध कसुरमा आफैं अनुसन्धान गरी मुद्दा दायर गर्ने अधिकार दिएको हो ।यसअघि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मात्र मुद्दा दायर गर्न पाउथ्यो।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x