बलात्कार मुद्दाका कैदी अस्पतालबाटै फरार

13.8K
shares
Nabil bank

 

झापा । जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका एक कैदी फरार भएका छन्।भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पतालबाट आज बिहान २४ वर्षीय जीवन साह फरार भएका हुन् ।

त्यहाँ उपचाररत साहलाई अस्पतालको शौचालय लगिएकामा शौचालयबाटै उनी फरार भएको प्रहरीले जनाएको छ।छातीमा समस्या भएपछि भद्रपुर नगरपालिका–५ घर भएका साहलाई यही भदौ २५ गते प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो ।

त्यहाँबाट थप उपचारका लागि ओमसाई पाथीभरा अस्पतालमा रेफर गरिएको थियो। फरार कैदी साहको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x