६ जना जुवाडे खालबाटै पक्राउ

14.5K
shares
Nabil bank

 

काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलस्थित बुद्ध चोकबाट प्रहरीले ६ जना जुवाडेहरूलाई पक्राउ गरेको छ । स्थानीय अन्जन श्रेष्ठको टहरामा सञ्चालित जुवा खालमा छापा मारेर आरोपीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–३ घर भएर माकलबारी बस्ने ३० वर्षीय विनोद तामाङसहित ६ जना छन् । घटनास्थलबाट प्रहरीले ६२ हजार ४ सय नगद र ३ बुक तास बरामद गरेको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x