आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

11.8K
shares
Nabil bank

 

काठमाडौं।कञ्चनपुर, बेदकोट नगरपालिका-४ बैतडा बस्ने प्रताप लुहारको कच्ची घरमा शनिबार राति आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब १७ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

रूपन्देही, सिद्धार्थनगर नगरपालिका-२ बिरपथस्थित सडकमा मेडिकल कलेजबाट मेउडिहवातर्फ जाँदै गरेको लु.१५ प ३१२४ नम्बरको मोटरसाइकलमा पेट्रोल लिक भई शनिबार राति आगलागी हुँदा मोटरसाइकल पूर्णरूपमा जलेर क्षति भएको छ ।

लमजुङ, मर्स्याङदी गाउँपालिका-९ पल्लोगाउँ बस्ने ७६ वर्षीया बिना भण्डारीको धन्सारमा आइतबार बिहान आगलागी हुँदा धन्सार पूर्णरूपमा जलेर करिब १२ लाख ४० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x