सवारी दुर्घटनामा तीन जनाको मृत्यु

11.7K
shares
Nabil bank

 

काठमाडौं।चितवन, रत्ननगर नगरपालिका-३ शान्तिचोकस्थित सडकमा ना.४६ प ८२४८ नम्बरको मोटरसाइकल र ना.५६ प ९१६९ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई आइतबार साँझ दुर्घटना हुँदा स्कुटर चालक खैरहनी नगरपालिका-१ बस्ने २१ वर्षीय दिपेश चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मनकामना अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल र स्कुटरमा सवार मध्ये २ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा र १ जनाको मनकामना अस्पताल भरतपुरमा उपचार भइरहेको छ । 

गोरखा, भिमसेनथापा गाउँपालिका-३ सिमलफेदस्थित सडकमा बा.३६ प १५६२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेर आइतबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-१ बस्ने २० वर्षीय निशान गिरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको आरूघाट आधारभुत स्वास्थ्य केन्द्र गोरखामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

सिन्धुपालचोक, चौतारा साँगाचोक गढी नगरपालिका-६ दारेगौडा भिरस्थित सडकमा स्याउलेबाट चौतारातर्फ जाँदै गरेको बा.३८ प १०२० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ८० मिटर तल भिरमा खसेर दुर्घटना हुँदा मोटरसाइकलमा सवार पाँचपोखरी थाङपाल गाउँपालिका-५ बस्ने २७ वर्षीय दर्बल तामाङको मृत्यु भएको छ । आइतबार दिउँसो भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको अन्नपुर्ण न्युरो अस्पताल काठमाडौंमा थप उपचारको क्रममा सोमबार दिउँसो मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको अर्थपेडिक अस्पताल नारायणटार काठमाडौंमा उपचार भइरहेको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x