आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

13.8K
shares
Nabil bank

 

काठमाडौं।सर्लाही, चन्द्रनगर गाउँपालिका-२ बबरगंज चौरस्थित सोही गाउँपालिका-३ कामदटोल बस्ने नथुनि मुखिया बिनको माछाको दाना राख्ने कच्ची घरमा गए राति आगलागी हुँदा घर तथा घर भित्र रहेको माछाको दाना ३ सय ७० बोरा, मोटरसाइकल १ थान, पानी तान्ने मोटर २ थान, माछा मार्ने जाल लगायतका सामानहरू जलेर करिब १५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

ललितपुर, ललितपुर महानगरपालिका-१८ पाखा गाउँस्थित सिराहा घर भएका निश्चल थापाको टहरोमा विद्युत सर्ट भई गए राति आगलागी हुँदा टहरो पूर्णरूपमा जलेर करिब ५ लाख ९५ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

दाङ, लमही नगरपालिका-९ अमिलियास्थित सडक छेउमा पार्किङ गरी राखिएको रा.१ त ३७७५ नम्बरको ट्याक्टरमा गए राति आगलागी हुँदा ट्याक्टरको अगाडीको भाग जलेर क्षति भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x