प्रमुख प्रशासकीय घुस रकमसहित पक्राउ

15K
shares
Nabil bank

काठमाडौं।बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साह घुस रकमसहित पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ७८ हजार रुपैयाँ घुससहित फेला पारेको बताइएको छ ।

 

आयोगका सहायक प्रवक्ता देवी प्रसाद थपलियाका अनुसार सेवाग्राहीसँग घुस मागिरहेको अवस्थामा अख्तियारको हेटौँडा कार्यालयको टोलीले उनलाई घुस रकमसहित पक्रेको हो । प्रमुख प्रशासकीय अधिकृत कलैया उपमहानगरपालिका वडा नम्बर ४ को कार्यालय नजिकै घुस रकम बुझ्दै गरेको अवस्थामा फेला परेका हुन् ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x