पेस्तोलसहित नेपाली सेनाका सिपाही पक्राउ

16.2K
shares
Nabil bank

 

काठमाडौं । प्रहरीले पेतस्तोलसहित एक जना नेपाली सेनाका सिपाहीलाई पक्राउ गरेको छ।नागार्जुन नगरपालिका-१ रानीवनस्थित खाजाघरबाट प्रहरी वृत्त स्वयम्भूको टोलीले एक जना सेनाका सिपाहीलाई पक्राउ गरेको हो।पक्राउ पर्नेमा दैलेख भगवतीमाई गाउँपालिका-७ घर भई रानीवन बस्ने २४ वर्षीय अनिल खड्का छन्।उनी खाजा घरमा पेस्तोल लिएर बसेको भन्ने सूचनाका आधारमा प्रहरी टोल रानीवनमा पुगेको थियो ।

उक्त सूचनापछि स्वयम्भूबाट खटिएको टोलीले उनलाई पेस्तोलसहित पक्राउ गरेको हो।उनीबाट युएसए लेखिएको पेस्तोल बरामद गरिएको छ। गोली भने फेला परेको छैन ।उनी नेपाली सेनाका सिपाही रहेको वृत्तले जनाएको छ। यस घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको

छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x