जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ

12.8K
shares
Nabil bank

 

काभ्रेपलाञ्चोक । प्रहरीले काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–११ बल्थलीस्थित ख्याकूबाट जुवातास खेलिरहेका २१ जनालाई पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय बनेपाले जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका २१ जनाबाट ९३ हजार ३१५ रुपैयाँ बरामद गरेको हो ।पक्राउ परेकालाई इप्रका बनेपामा राखी आइतवार म्याद थपको तयारी भइरहेको छ।

ख्याकूका रमेश थापाको घरमा तास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा राति प्रहरी टोलीले पक्राउ गरेको हो ।प्रहरीले यसअघि बुधवार साँझ मात्रै पनौती–९ कुँवर गाउँबाट पाँच जनालाई तास खेलिरहेको अवस्थामा नियन्त्रणमा लिई ९५ हजार रुपैयाँ नगद बरामद गरेको थियो।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x