महसुल नतिरेका उद्योगको लाइन जोड्ने निर्णय

1.2K
shares

काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले विद्युत काटिएका उद्योगमा लाइन जोड्ने निर्णय गरेको छ । आज बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकले महसुल नतिरेका उद्योगमा पनि लाइन जोड्ने निर्णय गरेको हो। उक्त बैठक आज ऊर्जा मन्त्रालयमा बसेको थियो ।

 

यसअघि गत आइतबार बसेको मन्त्रिपरिषद् बैठकले टीओडी मिटरका आधारमा महसुल तिर्ने १५ दिनको अवधि दिएर लाइन जोड्ने निर्णय गरेको थियो ।

 

सोमबार ऊर्जामन्त्री दिपक बहादुर खड्काले लाल आयोगको प्रतिवेदन समेत सार्वजनिक गर्दै मन्त्रिपरिषदको निर्णयअनुसार अघि बढ्ने बताएका थिए। सोही अनुसार ऊर्जामन्त्री खड्काले बोर्ड बैठकमार्फत उद्योगमा लाइन जोड्ने निर्णय गराएकाहुन् ।

civil hospital
Hams Hospitals