Nepal Automobile Importers and Manufacturers Association (NAIMA)

सीजी मोटर्सको ललितपुरस्थित बागडोलमा रहेको अत्याधुनिक सर्भिस सेन्टरबाट सेवा शुरु

1.2K
shares

काठमाडौँ । नेपाली विद्युतीय सवारी साधन वितरक सीजी मोटर्सले आफ्नो सेवा र सञ्चालनको दायरा विस्तार गर्दै ललितपुरको बागडोलमा अत्याधुनिक सेवा केन्द्र उद्घाटन गरेको छ। यो काठमाडौँ उपत्याकामा सीजी मोटर्सद्वारा स्थापना गरिएको दोस्रो सेवा केन्द्र हो। साथै, च्यानल पार्टनरहरूलाई समेट्दै काठमाडौँमा अब चारवटा सेवा केन्द्र पुगेको कम्पनीले जनाएको छ ।

 

 

उक्त अत्याधुनिक सेवा केन्द्रको उद्घाटन सीजी समूहका अध्यक्ष तथा नेपालका संघीय संसद सदस्य डा विनोद चौधरीले गरेका हुन् ।

 

 

२२ स्थानहरूमा बिक्री र डिलर नेटवर्क रहेको सीजी मोटर्सले यस सेवा केन्द्रको उद्घाटन मार्फत ग्राहक सेवा र अनुभवलाई बिक्रीसँगै उच्च प्राथमिकतामा राखेको बताएको छ । साथै, कम्पनीले विद्युतीय गतिशीलतामा आफ्नो विशेषज्ञता विस्तार गर्दै ग्राहक अनुभव सुधार गर्न चार्जिङ पोइन्टहरूमा लगानी गरिरहेको पनि जानकारी दिएको छ ।

 

 

सीजी मोटर्सले नेपालभर २०० भन्दा बढी सीसीएस र जिबिटी चार्जिङ पोइन्टहरूका साथ थप १०० स्थानमा चार्जिङ पोइन्टहरू विस्तार गर्ने तयारी गरेको पनि बता

एको छ ।

 

civil hospital
Hams Hospitals