सर्वोच्च अदालतको बोर्डमा कालो रंग छ्याप्ने विनु यादव पक्राउ
वि.सं.२०८१ मंसिर ११ मंगलवार
10.6K
shares
shares
काठमाडौं । सर्वोच्च अदालतको बोर्डमा कालो रंग छ्याप्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।सर्वोच्च अदालतको बोर्डमा कालो रंग छ्यापेर विरोध प्रदर्शन गर्ने विनु यादवलाई प्रहरीले पक्राउ गरेको हो ।कालो साडी लगाएर इन्ड्राइभमा एक्लै आएकी बिनुले प्रहरीको आँखा छल्दै एउटा बोतलमा ल्याएको कालो रंग सर्वोच्चको बोर्डमा फालेकी थिइन् ।
यादवले आफू घरेलु हिंसा पीडित भएको बताउँदै आएकी छन् । यादवसँग विवाह गरेका रामेछापका एक युवकले सम्बन्ध बिच्छेदको मुद्दा दर्ता गराएका थिए ।अदालतले सम्बन्ध बिच्छेदको फैसला सुनाएपछि उनले अदालत परिसरमै विष सेवन समेत गरेकी थिइन् ।उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले पछि बोर्डमा लागेको रंग पानीले सफा गरेकोछ।
Subscribe
0 Comments
Oldest






























