अवैध पेस्तोलसहित एक जना पक्राउ

13.5K
shares
Nabil bank

 

कपिलवस्तु । अवैध पेस्तोलसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।पेस्तोल लिएर हिंडिरहेको अवस्थामा मायादेवी गाउँपालिका–६, बडसुडवाका २१ वर्षीय सद्दाम हुसेन फकिरलाई प्रहरीले पक्राउ गरेको हो ।

कम्मरमा लुकाइ राखेको अवस्थामा कालो रंगको ४।५ मिलिमिटर क्यालिबरको डेन्जर टोय एयर पेस्तोलसहित उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पकडीले जनाएको छ ।पेस्तोलसँगै त्यसमा लाग्ने ४३ थान छर्रा, पेस्तोलमा प्रयोग हुने ६ थान धमाका र एक थान मोबाइल पनि बरामद गरिएको छ ।प्रहरी टोलीले उनको शरीर खानतलासी गर्दा पेस्तोल बरामद भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।उनीमाथि हातहतियार खरखजाना मुद्दाअन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x