वैदेशिक रोजगारीमा जाने श्रमिकलाई विना धितो ऋण उपलब्ध गराउने

1.3K
shares

काठमाडौ । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई विना धितो ऋण उपलब्ध गराउने योजना अघि बढाएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सहज ऋणको व्यवस्था गर्न तयार गरेको कार्यविधिको मसौदा अन्तिम चरणमा पुगेको छ। श्रममन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारीको विकल्प नहुँदासम्म श्रमिकलाई चर्को ब्याजदरबाट मुक्त गराउन विना धितो सहुलियत ऋण दिन लागिएको जानकारी दिए

 

सरकारले श्रमिकलाई मिटरब्याजको जालोबाट जोगाउन बजेट वक्तव्यमार्फत सस्तो ब्याजमा ऋण दिने योजना सार्वजनिक गरेको थियो। बजेटमा श्रम स्वीकृति लिएका व्यक्तिहरूलाई रेमिट्यान्स पठाउने सुनिश्चितताका आधारमा विना धितो ऋण उपलब्ध गराउने व्यवस्था उल्लेख गरिएको थियो। यसै आधारमा मन्त्रालयले कार्यविधिको तयारी गरेको हो।

 

नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई बिनाधितो ऋण दिने गरी मौद्रिक व्यवस्था गरिसकेको छ । गत साउनमा नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आव २०८१/८२ को मौद्रिक नीतिमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका व्यक्तिको बैंक खातामा रेमिट्यान्स पठाउने सुनिश्चितका आधारमा बिनाधितो ऋण उपलब्ध गराउने व्यवस्था छ ।

 

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा पनि श्रमिकलाई विना धितो ऋण उपलब्ध गराउने प्रावधान अघि सारेको छ। श्रम स्वीकृति लिएका श्रमिकका बैंक खातामा विप्रेषण पठाउने सुनिश्चितताका आधारमा यस्तो ऋण उपलब्ध हुने व्यवस्था राष्ट्र बैंकले गरिसकेको छ।

civil hospital
Hams Hospitals