तीनवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
वि.सं.२०८१ पुस १७ बुधवार
951
shares
shares
काठमाडौं । संघीय संसद अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक बस्दैछ ।
आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो १ः१५मा बस्दै छ। बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका पदाधिकारिहरुसँग छलफल गर्ने कार्यसूचि रहेको छ ।
यस्तै,संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि आज बिहान ११ बजे सिंहदरबारमा बस्दै छ । बैठकमा समितिले मिति २०८१÷०५÷११ गते मन्त्रालयलाई दिएको निर्देशनको कार्यान्वयन अवस्था बारे छलफल हुने छ ।
यसैगरी, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठक पनि आज बस्दै छ ।
बैठकमा भुमीमा रहेको अव्यवस्थित बसोबासका सम्बन्धमा छलफल हुने कार्यसूचि
छ ।




























