शासकीय प्रणालीमा बहुस्तरीय शासनको अभ्यास

27.1K
shares
Nabil bank

 

विषय प्रवेश

वर्तमान शासकीय व्यवस्थामा बहुपात्रको उपस्थिति बढ्दै गइरहेको छ। बहुपक्षीय भूमिका तथा क्षेत्रको सहभागिताद्वारा शासन सञ्चालन गर्ने पद्धतिलाई नै बहुस्तरीय शासन भनिन्छ। यसमा सरकारका साथसाथै निजी, सहकारी, नागरिक समाज, गैरसरकारी क्षेत्र तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरूको सक्रियता र साझेदारी हुन्छ। यस प्रकारको शासनले विचार–विमर्श, वार्ता, सहकार्य तथा साझेदारीद्वारा शासकीय प्रक्रियामा विभिन्न तह र क्षेत्रलाई समेट्छ। राष्ट्रिय, उपराष्ट्रिय तथा परराष्ट्रिय तहका सार्वजनिक र निजी क्षेत्रका पात्रहरूको सहभागिता यसमा महत्त्वपूर्ण हुन्छ। बहुस्तरीय शासनले ठाडो (भौगोलिक आधारमा) र क्षितिजीय (कार्य क्षेत्रगत) रूपमा शक्तिको बाँडफाँड गर्दछ।

यो अवधारणा लिस्वेट होगे र ग्यारी माक्र्सद्वारा प्रतिपादित हो। यसको विकास युरोपियन युनियनको स्थापनासँगै सन् १९९२ को म्यास्ट्रिच सन्धिको अध्ययनबाट भयो। आजको अन्तरनिर्भर विश्वमा राज्य एक्लैले शासकीय प्रबन्ध गर्न असमर्थ हुने भएकाले साझेदारी आवश्यक पर्छ। विश्वव्यापीकरण, आर्थिक उदारीकरण र निजीकरणले पनि बहुस्तरीय शासनको विकासमा महत्त्वपूर्ण भूमिका खेलेका छन्।बहुस्तरीय शासनमा सार्वजनिक नीति निर्माण, कार्यान्वयन र अनुगमन प्रक्रियामा स्थानीय स्तरदेखि विश्वस्तरसम्मका सार्वजनिक,निजी तथा गैरसरकारी क्षेत्रका विभिन्न संस्था, समूह र सञ्जालको संलग्नता रहन्छ । ी शासकीय प्रबन्धको जिम्मेवारी र कार्य ठाडो र क्षितिजीय दुवै दिशाका विभिन्न तह वा स्तरहरूबीच बाँडफाँड हुने हुँदा यसलाई बहुस्तरीय शासन भनिएको हो। यसमा शासकीय शक्तिको ठाडो विभाजन भौगोलिक आधारमा र क्षितिजीय विभाजन कार्य क्षेत्रगत आधारमा गरिएको हुन्छ। बहुस्तरीय शासनलाई बहुकेन्द्रीय, बहुतहीय वा बहुदृष्टिकोणीय शासनसमेत भन्ने गरिन्छ। बहुस्तरीय शासन अनौपचारिक तत्वहरूको शासनमा प्रभाव र दबाबको अवस्था हो । यसले शासन व्यवस्थालाई सहभागितमूलक बनाई शासनमा प्रजातान्त्रीकरणको प्रादुर्भाव गर्छ । शासनमा प्रभावकारिता र सहभागिताका लागि बहुस्तरीय शासन अहिलेको अभ्यास र आवश्यकता दुवै हो ।

बहुस्तरीय शासनको महत्व 

बहुस्तरीय शासनको मान्यताले महत्व पाउनुका कारणहरुमा शासनको विकेन्द्रित एवं जनमुखी प्रणालीको बढी अभ्यास हुनु,अन्तर्राष्ट्रिय सम्बन्धको विकास तथा विस्तारमा नयाँ मान्यताको विकास हुनु, उदार एवं खुला अर्थनीतिको अभ्याससँगै राज्यको भूमिकामा परिवर्तन आउनु, अनौपचारिक शासनको अवधारणाको विकास हुनु, निर्णय निर्माणको जिम्मेवारी जनप्रतिनिधिमूलक संस्थाभित्र मात्र सीमित नरहनु, विभिन्नखाले सार्वजनिक तथा निजी नेटवर्कहरूको विकास हुनु, शासनमा निजी क्षेत्र र नागरिक समाजको प्रभाव र भूमिका बढ्नु, क्षेत्रीय तथा विश्वस्तरका अन्तर्राष्ट्रिय संगठनको विस्तार हुनु,विश्व राजनीति, अर्थतन्त्र, वातावरण, स्वास्थ्य, शान्ति सुरक्षालगायत क्षेत्रमा दिन– प्रतिदिन बढ्दै गएका जटिलतम समस्याको राज्य एक्लैले सामना गर्न असम्भव हुनु।

नेपालमा बहुस्तरीय शासनको प्रभाव 

सकारात्मक प्रभावः 

१. खुला र उदार अर्थनीतिको अवलम्बनमा योगदानः बहुस्तरीय शासनले खुला र उदार अर्थनीतिलाई प्रवद्र्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्छ। यसले सार्वजनिक, निजी, सहकारी, र नागरिक समाजबीच सहकार्यको वातावरण सिर्जना गर्दै आर्थिक गतिविधिमा व्यापकता ल्याउँछ।

२.सहभागिताको विस्तारः बहुस्तरीय शासन प्रणालीले सरकार मात्र होइन, निजी क्षेत्र, सहकारी क्षेत्र र गैरसरकारी क्षेत्रलाई पनि आर्थिक नीतिमा समेट्छ। यसले व्यापार, लगानी, रोजगारी, र उद्यमशीलतालाई प्रोत्साहन गर्न वातावरण तयार पार्छ।

३.वैश्विक अर्थतन्त्रमा एकीकरणः खुला र उदार अर्थनीतिका कारण बहुस्तरीय शासनले देशलाई अन्तर्राष्ट्रिय व्यापार र लगानीसँग जोड्न मद्दत पु¥याउँछ। यसले विदेशी लगानी भित्र्याउने, आर्थिक साझेदारी विस्तार गर्ने, र औद्योगिक विकासलाई गति दिन्छ।

४.स्रोत व्यवस्थापनमा समन्वयःबहुस्तरीय शासन प्रणालीले स्रोत साधनको प्रभावकारी व्यवस्थापन सुनिश्चित गर्दछ। संघीय, प्रादेशिक, र स्थानीय तहका बीच राजस्व, स्रोत, र वित्तीय बाँडफाँडलाई न्यायपूर्ण र पारदर्शी बनाउँछ।

५.सहभागितामूलक र प्रजातान्त्रिक शासन व्यवस्थाको विकासः बहुस्तरीय शासनले प्रजातान्त्रिक मूल्य र सहभागीमूलक शासन प्रणालीलाई सुदृढ बनाउने महत्त्वपूर्ण आधार तयार गर्दछ।

६.प्रजातान्त्रिक मूल्यमान्यता प्रवद्र्धनः शासन प्रणालीमा विभिन्न तह र क्षेत्रका प्रतिनिधिहरूको सहभागिताले नीति निर्माण र निर्णय प्रक्रियामा जनताको आवाजलाई प्राथमिकता दिन्छ। यसले शासन प्रक्रियालाई जनउत्तरदायी बनाउँछ।

७.समुदायको प्रतिनिधित्वःस्थानीय, प्रादेशिक, र संघीय तहमा समुदायहरूको प्रतिनिधित्व सुनिश्चित गर्न बहुस्तरीय शासनले भूमिका खेल्छ। यसले नीतिहरूलाई स्थानीय स्तरका समस्या र आवश्यकतासँग जोड्न सहयोग पु¥याउँछ।

८. क्षेत्रीय र अन्तर्राष्ट्रिय सहकार्यः बहुस्तरीय शासन प्रणालीले क्षेत्रीय सद्भाव र सहकार्यलाई प्रवद्र्धन गर्दै अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक साझेदारीलाई बलियो बनाउँछ। यसले विश्वबन्धुत्व, भाइचाराको भावना, र सहिष्णुता बढाउँछ।

९.प्रभावकारी निर्णय निर्माणः बहुस्तरीय शासनले नीति निर्माणमा विविध क्षेत्रका विज्ञहरूको सहभागितालाई जोड दिँदै निर्णय प्रक्रियालाई अधिक प्रभावकारी र व्यवहारिक बनाउँछ।

बहुस्तरीय शासनले खुला र उदार अर्थनीतिको अभ्यासलाई मजबुत बनाउनुका साथै सहभागीमूलक शासन व्यवस्थालाई अघि बढाउन महत्त्वपूर्ण भूमिका खेल्छ। यस प्रणालीले आर्थिक, सामाजिक, र राजनीतिक क्षेत्रमा सबै तहका प्रतिनिधिहरूलाई समेट्दै लोकतन्त्रको आधारभूत मर्मलाई सुदृढ बनाउँछ।

नकारात्मक प्रभाव

बहुस्तरीय शासनले सद्भाव र साझेदारी निर्माणमा कठिनाइ, शासनमा व्यावहारिकताको अभाव, शासन प्रकृयामा गैरसरकारी क्षेत्रको अनावश्यक दबाब, शासनको नीति–निर्माणमा अनुचित प्रभाव, निर्णय निर्माणमा ढिलासुस्ती,बढी कमजोर र दुर्गुणतर्फ केन्द्रित, समग्रमा शासनमा व्यावहारिकता ल्याउन कठिनाइ, बहुपक्षीय भूमिकाले शासनमा विवाद सिर्जना बढेको,शासनमा अन्तर्राष्ट्रिय दबाब बढेको, अन्तर्राष्ट्रिय मामिला र सन्दर्भमा कठिनाइ आदि रहेका छन् ।

नेपालले बहुस्तरीय शासन प्रणालीलाई संस्थागत गर्न गरेका प्रयासहरु

बहुस्तरीय शासन शासनको एक आधुनिक र नवीन मान्यता हो । नेपालको सन्दर्भमा २०४६ सालको आर्थिक उदारीकरणसँगै शासनमा सरकार, निजी, सहकारी, वयवसायिक, गैरसरकारी, नागरिक समाज आदिको भूमिकाका साथ बहुस्तरीय शासनलाई अवलम्बन गरेको पाइन्छ । वर्तमान विश्व परिदृश्यमा नेपाल मात्र नभई सम्पूर्ण देशमा बहुस्तरीय शासनको अभ्यास रहेको पाइन्छ ।नेपालले पनि विश्वव्यापीकरण, आर्थिक उदारीकरण र निजीकरणको अवधारणा सँगसँगै बहुस्तरीय शासन प्रणालीलाई अवलम्बन गरेको पाइन्छ। नेपाली जनताको जनप्रतिनिधीहरुबाट जारी गरिएको नेपालको वर्तमान संविधानले बहुस्तरीय शासन प्रणालीलाई संस्थागत गर्न देहाय बमोजिमका प्रावधानको उल्लेख गरिएको पाइन्छ ः

शासन प्रकृयामा तीन तह संघ, प्रदेश र स्थानीय तहबाट हुने व्यवस्था (धारा –५६)

राज्य शक्तिको बाँडफाँड (धारा ५७) का साथै तीन तहको एकल र साझा अधिकार सूचीको व्यवस्था गरिएको

संघको अधिकार सूची (अनुसूची ५)

प्रदेशको अधिकार सूची (अनुसूची ६)

संघ र प्रदेशको साझा अधिकार सूची (अनुसूची ७)

स्थानीय तहको अधिकार सूची (अनुसूची ८)

संघ, प्रदेश र स्थानीय तहको साझा अधिकार सूची (अनुसूची ९)

विभिन्न प्रदेश तथा स्थानीय तहमा राजश्वको बाँडफाँड तथा हस्तान्तरण (धारा ६०)

राज्यको स्वरुप बहुलबादमा आधारित, बहुदलीय प्रतिस्पर्धात्मक संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक, संसदीय शासन प्रणाली अवलम्बन (धारा ७४) मा उल्लेख

प्राकृतिक स्रोत तथा वित्त आयोग (भाग २६) जसले राजश्व तथा स्रोत साधनको वितरणको आधार तयार गर्ने,

संघ, प्रदेश र स्थानीय तहको राजनीतिक र प्रशासनिक शासन व्यवस्था सहअस्तित्व, सहकार्य र समन्वयका आधारमा संचालन गरिनेछ । (धारा २३२),

सार्वजनिक निजी साझेदारीमा आधारित समाजवाद उन्मूख अर्थ व्यवस्था अवलम्बन,

राज्यका नीति तथा राज्यका निर्देशक सिद्धान्त अनुसार क्षेत्रीय (सार्क र बिमस्टेक) तथा अन्तर्राष्ट्रिय संस्था (संयुक्त राष्ट्र संघको शासन) तथा संगठनमा वा शासनमा आवद्धता र त्यसको देशको हितमा लाग्ने विषय उल्लेख गरिएको,

राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक रुपमा अधिकारको बाँडफाँड तथा हस्तान्तरण,

समग्रमा विभिन्न तह, क्षेत्रका साथै औपचारिक, अनौपचारिक, निजी, व्यावसायिक, गैरसरकारी र सहकारितामूलक शासन व्यवस्था संचालन गरिने कुरा उल्लेख गरिएको छ ।

संघीय, प्रादेशिक तथा स्थानीय तहको शासन वीचको सहकारिता प्रवद्र्धनमा देखा परेका चुनौतीहरु

नेपालको संविधानले समन्वय, सहकार्य र सहअस्तित्वका आधारमा संघ, प्रदेश र स्थानीय तहबीच शासन व्यवस्था सञ्चालन गर्ने गरेको कुरा उल्लेख गरेतापनि स्रोत साधन, अवसरको बाँडफाँड र वितरणमा भएको विभेद तथा असमानता र यसको कार्यन्वयनले देहायको क्षेत्रमा निम्नलिखित चुनौतीहरु देखा परेका छन् ः

राजनीतिक चुनौतीः 

राजनीतिमा सम्भ्रान्त बर्गको बोलबाला हटाउनु,जनताको इच्छा, चाहना र भावनाको सम्बोधन गर्ने खालको राजनीतिक प्रणाली स्थापित गर्दै तीन तहबीच सामजस्यता कायम राख्नु ,भईरहेको केन्द्रीकृत राजनीतिक मानसिकतालाई विकेन्द्रीत बनाउनु चुनौतीपुर्ण रहेको छ ।

आर्थिक चुनौती

सम्भ्रान्त बर्गको अर्थतन्त्रमा रहेको बोलवाला र दबदबाको अन्त्य गर्नु ,समान रुपमा अन्तरसरकारी वित्तीय हस्तान्तरण गर्नु,राजश्व तथा आयको समान र न्यायोचित वितरण गर्नु चुनौतीपुर्ण रहेको छ ।

प्रशासनिक चुनौती

सरकारी सेवाको गठनको निश्चित र एकीकृत आधार तयार पार्नु,एकीकृत रुपमा प्रभावकारी रुपमा सेवा प्रवाह गर्नु ,कर्मचारी समायोजनलाई पूर्णता दिनु वा प्रदेश र स्थानीय तहमा आवश्यक कर्मचारीको उपलब्धता गराउनु चुनौतीपुर्ण रहेको छ ।

सामाजिक–सांस्कृतिक चुनौती

सामाजिक सांस्कृतिक खण्डीकरण र सीमान्तीकरणबाट जोगाई एकत्व कायम राख्नु, विविधता व्यवस्थापन गर्नु,नागरिक सचेतना जगाउनु, नागरिक शिक्षाको स्तर उकास्नु,सहकार्य, सहअस्तित्व र समन्वय पूर्ण रुपमा कार्यन्वयन गर्ने,तीन तहको अधिकारको एकरुपता कायम गरी सामाजिक न्याय कायम गर्नु चुनौतीपुर्ण रहेको छ ।

आजको जटिलतम परिस्थितिमा मुलुकको आर्थिक सामाजिक समृद्धि हासिल गर्न राज्यले विभिन्न तह र क्षेत्रका पात्रसँग मिलेर काम गर्नुपर्ने हुन्छ। यसका लागि शासनलाई विगतको राज्यकेन्द्रित सोपानिक सम्बन्ध र औपचारिक नियममा आधारित शैलीबाट सहभागिता, वार्ता तथा सम्झौता र सहकार्यको शैलीमा रूपान्तरण गरी बहुस्तरीय शासनको अवलम्बन गर्नु जरुरी रहेको छ। संघ, प्रदेश र स्थानीय तहको अधिकारमा रहेको दोहोरोपना हटाई, संविधानको धारा २३२ ले परिकल्पना गरे अनुरुप सहअस्तित्व, समन्वय र सहकार्यको शासन व्यवस्था संचालन गरेर तीन तहको शासनमा सहकारिता प्रवद्र्धन गर्न सकिने देखिन्छ । यसले शासन व्यवस्थालाई सहभागितमूलक बनाई शासनमा प्रजातान्त्रीकरणको प्रादुर्भाव गर्छ ।

(उप्रेती नेपाल सरकारका उपसचिव हुन् ।)

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x