कमलपोखरीमा ग्यास सिलिन्डर विष्फोट, १४ जना घाइते, दुईको अवस्था गम्भीर
वि.सं.२०८१ माघ २४ बिहीवार
915
shares
shares
काठमाडौँ । कमलपोखरीस्थित सानदार मोमो पसलमा आज बिहान ग्यास सिलिन्डर विष्फोट हुँदा १४ जना घाइते भएका छन् भने दुई जनाको अवस्था गम्भीर छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिल बोहराका अनुसार सिलिन्डर विष्फोट हुँदा १४ जना घाइते भएका हुन् ।
घाइते सबैको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ ।



























