सार्वजनिक ऋणको अवस्था र बढ्दै गएको चिन्ता

21.7K
shares
Nabil bank

 

राज्यले आफ्नो कुल खर्चको लागि स्रोत जुटाउन सार्वजनिक ऋणको प्रयोग गर्ने गरेको छ। घाटा बजेट वा घाटा वित्त परिचालनको माध्यमले सरकारले ऋण लिन्छ र यसले सार्वजनिक ऋणको रूपमा राज्यको आय र दायित्वलाई जनाउँछ। सार्वजनिक ऋणको प्रारम्भ नेपालमा २०१८/१९ मा आन्तरिक ऋणबाट भएको थियो, र यसको उद्देश्य भौतिक पूर्वाधार विकास, रोजगारी सिर्जना, र सामाजिक न्याय प्रवर्द्धन गर्नु हो। यस ऋणलाई समय समयमा ब्याज र किस्ता तिर्नुपर्ने हुन्छ, जसले सरकारलाई वित्तीय दबाबमा पार्छ। यो स्थिति भविष्यमा अझ गम्भीर बन्न सक्ने आशंका छ, र सरकारको ऋणप्रति चिन्ता बढ्दै गएको छ।

राज्य कोषमा प्राप्त हुने अनुदान, आन्तरिक स्रोत संकलन बाहेकको गैर कर राजस्वलाई सार्वजनिक ऋणको रूपमा लिन सकिन्छ । जुन राज्य कोषको दायित्व वा पछि फिर्ता गर्नुपर्ने रकमको रूपमा लिइन्छ । तसर्थ, सार्वजनिक ऋण सरकारको आय एवं दायित्वको एउटा स्वरूप पनि हो । यथार्थतामा अल्पकालिन रूपमा सार्वजनिक ऋण आय हो भने दीर्घकालमा यो दायित्व हो जसको परिचालन सरकारको आवश्यकता र सामर्थतामा निर्भर रहन्छ । मलुकमा भौतिक पूर्वाधार विकास गर्न, रोजगारी सिर्जना गर्न एवं सामाजिक न्याय, समक्षता कायम गर्न सरकारले घाटा बजेट परिचालनको माध्यमले स्रोत साधन व्यवस्थापन गर्न सार्वजनिक ऋण लिइन्छ । मुलुकको  विकासका लागि वार्षिक बजेटमार्फत आन्तरिक र बाह्य ऋण परिचालन हुँदै आएको छ । नेपालमा सार्वजनिक ऋणको सुरुवात वि.सं. २०१८/१९ मा लिइएको आन्तरिक ऋणबाट भएको हो । त्यस बखत यथार्थ घाटा बजेट पद्धतिको सुरुवात नै सार्वजनिक ऋण परिचालनको अवस्था बनेको थियो । ऋण वास्तवमा केही समयको लागि चलाउन लिएको सापटी हो जुन साँवा ब्याज गरेर तोकिएको समयमा बुझाउनु पर्दछ । ऋणको किस्ता र ब्याज तिर्न राष्ट्रले अन्ततः सकस व्यहोर्दै आएको छ । जनु क्रमशः कठिन पनि बन्दै गएको छ । स्रोत व्यवस्थापन, भुक्तानी सन्तुलन लगायतका लागि ऋणको साँवा र ब्याज तिर्न पुनः ऋण खोज्नुपर्ने अवस्था नेपालमा देखिई सकेको अवस्था छ । यो अवस्थाले भावी दिनहरूमा भएको असर झन् दर्दनाक हुँदै जाने स्थिति छ । गजवको कुरा के छ भने सार्वजनिक ऋण प्रतिको हाम्रो जुनसुकै सरकारको सोच, शैली, चिन्तन, धारणा, प्रवृति ऋण गरेर घिउ खाने मानसिकताबाट ग्रसित छ ।

सरकारद्वारा सार्वजनिक ऋण उठाउने चलन १८ औं शताब्दीबाट सुरु भए पनि प्रथम विश्व युद्धको समयकालदेखि यसले व्यापकता लिन थालेको हो । परम्परागत अर्थशास्त्री एडम स्मीथ, वाष्टेवलले सरकारले ऋण लिने कार्यलाई व्यर्थको खर्च बढाउने खराब आर्थिक स्थिति पैदा गर्ने धारणा राखे पनि आधुनिक अर्थशास्त्रीहरूले उत्पादनशील साधनको रूपमा लिएका छन् । सरकारले लिएको ऋण उत्पादनमूलक क्षेत्रमा खर्च गर्न नसक्दा ऋणको भार क्रमशः बढ्दै गएको छ । यस्तो ऋण तथ्याङ्गगत रूपमा विश्लेषण गर्ने हो भने आर्थिक वर्ष २०७०/७१ मा नेपालको सार्वजनिक ऋण ५ खर्ब ५३ अर्ब ५० करोड ७० लाख बराबर थियो भने उक्त वर्ष जीडीपीमा सार्वजनिक ऋणको अनुपात २८ दशमलव ५१ प्रतिशत बराबर थियो । २०७२/७३ मा ६ खर्ब २० अर्ब, २०७३/७४ मा  ६ खर्ब ९७ अर्ब, २०७४/७५ मा ९ खर्ब १७ अर्ब, २०७५/७६ मा १० खर्ब ४८ अर्ब, २०७६/७७ मा १४ खर्ब १९ अर्ब र २०७७/७८ मा १७ खर्ब २९ अर्ब पुगेको छ भने २०७८ चैत्र मसान्तमा यस्तो ऋण १८ खर्ब ५४ अर्ब पुगेको थियो ।

देशको दु्रत आर्थिक विकास र आर्थिक स्थायित्व कायम गर्न एवं सार्वजनिक वित्त व्यवस्थापन र वित्तीय तथा मौद्रिक नीतिबीच सामञ्जस्यता कायम गर्न समसामयिक कानुनको आवश्यकता महसुस भई सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७६ तर्जुमा भएको छ । जस अनुसार राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको सिफारिसको सीमाभित्र रही अर्थ मन्त्रालयले प्रत्येक आर्थिक वर्षका लागि आय-व्ययको प्रक्षेपण, बैङ्गिङ क्षेत्रको तरलता र समष्टिगत आर्थिक अवस्थाको विश्लेषण गरेर सार्वजनिक ऋणको प्रक्षेपण र उठाउने कार्यमा परिस्कृतपना आउने छ ।

हालै सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशित गरेको प्रतिवेदनअनुसार मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को तुलनामा सार्वजनिक ऋणको दायित्व ४५ प्रतिशत नाघेको छ । प्रतिवेदनअनुसार चालु आर्थिक वर्ष २०८१–८२ को माघसम्ममा सरकारी ऋण रू २६ खर्ब ११ अर्ब छ करोड पुगेको छ। ‘चालु आर्थिक वर्षको सुरुमा सार्वजनिक ऋण रू २४ खर्ब ३४ अर्ब नौ करोड रहेकामा माघ मसान्तसम्ममा रू एक खर्ब ७६ अर्ब ९६ करोड थपिएको छ। हालसम्मको कुल सार्वजनिक ऋण जिडिपी अनुपातमा ४५ दशमलव ७७ प्रतिशत हुनआउँछ’, कार्यालयको प्रतिवेदनमा भनिएको छ।

कुल सार्वजनिक ऋणमा वैदेशिक ऋणको हिस्सा ५० दशमलव ८७ र आन्तरिक ऋणको हिस्सा ४९ दशमलव १३ प्रतिशत छ । माघ मसान्तसम्ममा आन्तरिक ऋण रू १२ खर्ब ८२ अर्ब ८१ करोड र बाह्य ऋण दायित्व रू १३ खर्ब २८ अर्ब २५ करोड छ। विनिमय दरमा भएको परिवर्तनका कारण मात्रै यो अवधिमा रू ३६ अर्ब ५९ करोड ऋण दायित्व थपिएको कार्यालयले जनाएको छ।

सरकारले चालु आवका लागि रू पाँच खर्ब ४७ अर्ब सार्वजनिक ऋण उठाउने लक्ष्य राखेको थियो। हालसम्म रू दुई खर्ब ९० अर्ब ५७ करोड ऋण उठिसकेको कार्यालयले जनाएको छ। वार्षिक लक्ष्यको तुलनामा हालसम्मको कुल सार्वजनिक ऋण प्राप्ति ५३ दशमलव १२ प्रतिशत हो।

चालु आवमा रू तीन खर्ब ३० अर्ब आन्तरिक र रू दुई खर्ब १७ अर्ब बाह्य ऋण उठाउने सरकारी लक्ष्य छ। माघ मसान्तसम्ममा आन्तरिकतर्फ रू दुई खर्ब २९ अर्ब १५ करोड र बाह्यतर्फ रू ६१ अर्ब ४२ करोठ ऋण उठिसकेको छ। वार्षिक लक्ष्यका आधारमा हालसम्मको प्राप्ति आन्तरिकतर्फ ६९ प्रतिशत र बाह्यतर्फ २८ दशमलव ३१ प्रतिशत बराबर हो।

त्यस्तै, ऋणको साँवा ब्याज तिर्नका लागि सरकारले चालु आर्थिक वर्षमा रू चार खर्ब दुई अर्ब ८५ करोड बजेट विनियोजन गरेको छ । पछिल्लो सात महिनामा रू एक खर्ब ७८ अर्ब ७५ करोड साँवाब्याज भुक्तानी भइसकेको कार्यालयले जनाएको छ । कूल गार्हस्थ्य उत्पादनका आधारमा माघ मसान्तसम्मको ऋण सेवा खर्च तीन दशमलव ३१ प्रतिशत हो ।

नेपालमा भूकम्पपछिको पुनर्निमाण र मुलुकलुाई अतिकम विकसित मुलुकबाट विकासशील मलुकको अवस्थामा लैजान तथा दिगो विकासका लक्ष्यहरु हासिल गर्ने क्रममा उल्लेख्य लगानी गर्नुपर्ने समय आएको छ । हालको अवस्थामा कुल ग्राहस्थ उत्पादनमा ऋणको अंश विश्लेषण गर्दा दक्षिण एसियामा कुल ग्राहस्थ उत्पादनको तलुनामा नेपालको कम नै देखिए पनि सबै पूर्वाधार तयार भई नसकेकोले कुल ग्राहस्थ उत्पादनमा सार्वजनिक ऋणको प्रतिशतले खास औचित्य राखेको छैन । सार्वजनिक ऋणको अवस्था कुल ग्राहस्थ उत्पादनसँग तलुना गर्दा जापानले २२० प्रतिशत लिँदा पनि भुक्तानी सन्तुलन व्यवस्था मिलाएको छ । पूर्वाधारमा ऋणको परिचालनले मुलुकले विकासको गति लिएको छ । दक्षिण एसियाको तलुना गर्दा भुटानले कुल ग्राहस्थ उत्पादनको ९४ प्रतिशत ऋण लिएकोमा जलविद्युत् उत्पादनमा ऋण प्रयोग गर्दा खासै असर परेको छैन । श्रीलंकाले कुल ग्राहस्थ उत्पादनको तुलुनामा ८० प्रतिशत मात्र सार्वजनिक ऋण लिए पनि सोको परिचालन उत्पादनमूलक एवं पूर्वाधारमा खर्च गर्न नसक्दा मलुक आर्थिक मन्दी र मूल्य वृद्धिको चपेटामा परेको छ ।

ऋण लिएर स्रोतको व्यवस्थापन गरी मुलुकुो विकास निर्माण सेवा प्रवाह गतिविधिहरू अगाडि बढाउने उद्देश्य राखिए पनि यसरी योजनाबद्ध आंकलन बेगर लिइएको ऋणले वर्ष पिच्छे ऋणभार बढ्दै जाँदा गरिबीको व्यापकता अझै बढ्ने अवस्था छ । अझै पनि ६० प्रतिशतभन्दा बढी जनता कृषिमा निर्भर रहेकोले जिविकोपार्जनको माध्यम कृषि नै रहेको छ । कृषिमा व्यावसायिकरण र आधनिक  प्रविधिको विकास नभएको, कृषि अनदुानको नाउँमा इलाइट वर्गले उपभोग गरेको अवस्थाको कारणले औसत आय १ हजार २७ डलरमा सिमित रहेको छ । जुन एसियाली मुलुकको कम प्रतिव्यक्ति आयमा पर्दछ । मुलुक  ग्रामिण अर्थतन्त्रबाट माथि उठ्न सकेको छैन । उर्वर भूमिहरू जग्गा र बसोबास विकासको नाउँमा खण्डीकरण भएका छन् ।

ग्रामिण जनताले आधारभुत आवश्यकता पुरा गर्न पनि कठिन संघर्ष गर्नु परेको छ । अर्थतन्त्रको कुनै एक क्षेत्रको विकासले मात्र समष्टिगत आर्थिक विकासको गति लिँदैन यसको लागि सन्तुलित विकासको आवश्यकता पर्दछ । सन्तुलित विकासको पूर्व शर्त भनेको आवश्यक स्रोत साधनको जगेर्ना हो । मुलुकमा सङ्गलन भएको राजस्व तथा अन्य स्रोतले उपभोग खर्च जटुाउन समेत नसकिएको अवस्थामा अतिरिक्त स्रोतको माध्यम भनेकै सार्वजनिक ऋण हो । यसको व्यवस्थापन र परिचालनमा प्रभावकारिता ल्याउन सके मात्र विकास र समृद्धितर्फ अघि बढाउन टेवा पुग्दछ हालका दिनमा प्राविधिक तथा अन्य सहायता र अनदुान सहायताको अंश घटेको, सम्झौता भएको सहायताको पनि खर्च गर्ने क्षमतामा प्रभावकारिता आएको छैन । यस्तो अवस्थामाा वैदेशिक ऋण माथिको दबाव एकातिर छ भने स्रोतको न्यूनताको परिपूर्तिका लागि पनि आन्तरिक ऋणको आकार पनि बढी रहेको छ । वैदेशिक ऋण लिँदा विदेशी मुद्राको सटही दरमा स्थिर टेक्नोलोजी ट्रान्सफर गरी नव प्रवर्तन भित्र्याउने रउत्पादन तथा लगानी बढाउने क्षेत्रमा वैदेशिक ऋण परिचालन गर्ने कार्यमा अझै प्रभावकारिता आएको छैन ।

श्रीलंकाको सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादन (जिडिपी) अनुपात २०१८-२१ बीच ९१ बाट ११९ प्रतिशत बढेको थियो । यस्तै, सार्वजनिक ऋण जिडिपीको २०२२ मा १२२ प्रतिशत रहेको थियो । उसले लिएको सार्वजनिक ऋण न्यून प्रतिफलका पूर्वाधार आयोजनामा लगानी गर्दा सदुपयोग हुन सकेन । सार्वजनिक ऋण सन्तुलनमा नराख्दा, थप ऋण व्यवस्थापन गर्न देश कसरी भूराजनीतिक विचारको जटिलतामा फस्न सक्छ भन्ने ज्वलन्त उदाहरण श्रीलंका हो । नेपालले पनि सार्वजनिक ऋण लिएर ऋण तिर्नुपर्ने वाध्यता सिर्जना भएकाले श्रीलंकाको सार्वजनिक ऋणको अवस्था बाट नेपालले केही पाठ भने सिक्न जरुरी रहेको छ ।

नेपालमा सार्वजनिक ऋण व्यवस्थापनमा देखिएका समस्याहरुमा सार्वजनिक ऋण व्यवस्थापन सम्बन्धी स्पष्ट रणनीति नहनु, संघीयताको संरचना बमोजिम प्रदेश र स्थानीय तहले ऋण परिचालन गर्न नसक्नु, राष्ट्रिय आवश्यकता र प्राथमिकताका क्षेत्रमा अपेक्षित ऋण परिचालन नहनु, आन्तरिक ऋण परिचालनका लागि उपकरणसम्बन्धी जनचेतना कमी हनु, उत्पादनशील क्षेत्रमा ऋण परिचालन नहनु, प्रतिवद्धता बमोजिम बाह्य ऋण प्राप्त नहनु, बाह्य ऋणमा सहलिु यतपूर्ण ऋणको अंश कम हँदुै जान, बाह्य ऋण सम्झौतामा पूर्व तयारी नहनु, बाह्य ऋण प्राप्ति एवं वार्ता र सम्झौताको लागि स्थायी संयन्त्रको अभाव हनु, विदेशी विनिमय जोखिम उच्च भई बाह्य ऋणको लागत बढ्दै जान,ऋण परिचालन र उपयोग क्षमतामा कमी हनु,सार्वजनिक ऋणको अभिलेख र प्रतिवेदन सदृढ हुनु नसक्नु,सार्वजनिक ऋणमार्फत निजीक्षेत्र तथा बाह्य लगानी प्रवर्द्धन गर्न नसक्नु आदि रहेका छन् ।

नेपालमा सार्वजनिक ऋण व्यवस्थापनमा देखिएका समस्याहरु समाधानका लागि सार्वजनिक ऋण व्यवस्थापनसम्बन्धी अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रणनीति तर्जुमा गरी कार्यान्वयनमा ल्याउने, संघीय संरचना बमोजिम ऋण परिचालन गर्न ऐन नियममा संशोधन गरी काननुी आधार स्पष्ट गर्ने, सरकारी ऋणपत्रमा लगानीकर्ताको आकर्षण बढाउन वित्तीय साक्षरता प्रवर्द्धन गर्ने प्रोत्साहनको व्यवस्था गर्ने, बाह्य ऋण प्राप्ति गर्दा वार्ता एर्व सम्झौताका चरणमा सरोकारवाला निकायको प्रतिनिधित्व अनिवार्य गर्ने, जसका लागि स्थायी विज्ञको व्यवस्था मिलाउने, कार्यविधिमा सरलीकरण, कर्मचारीको क्षमता विकास, प्रोत्साहन प्रणालीको विकास गरी ऋण उपयोग क्षमता बढाउने, ऋण तिर्न सक्ने क्षमता विकास गर्ने क्षेत्रमा मात्र ऋण लिई परिचालन गर्ने व्यवस्था मिलाउने, सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको सदृढीकरण गरी ऋणको अभिलेख र प्रतिवेदन प्रणालीलाई व्यवस्थित बनाउने कार्यमा जोड दिन आवश्यक रहेको छ ।

 

पन्ध्रौं योजनाले अगाडि सारेको दिर्घकालीन लक्ष्य अन्तर्गत को मध्यम आय भएको मुलुकमा पुग्ने, मुलुकलुाई अतिकम विकसित मुलुकबाट विकासशील मलुकको अवस्थामा लैजान तथा दिगो विकासका लक्ष्यहरु हाँसिल गर्ने कार्यान्वयनमा रहेको छ । यि महत्वाकांक्षी लक्ष्यहरू हासिल गर्नका लागि सरकारी क्षेत्रका अतिरिक्त गैरसरकारी र निजी क्षेत्र, सहकारी तथा आम नागरिकलगायत सबैपक्षको सहभागिता आवश्यक रहेको छ । मुलुकको विकास र समृद्धिमा कायापलट ल्याउन दिगो स्रोत परिचालको आवश्यकता पर्दछ । सरकारले आन्तरिक ऋण बढी लिँदा निजी क्षेत्रमा ‘क्राउडिङ आउट इफेक्ट’ पर्ने भएकाले लामो अवधिको सहुलियतपूर्ण बाह्य ऋण लिदै आन्तरिक ऋणको मात्रा कम गर्दै जानु पर्दछ । साथै ऋणको उपयोग पुर्वाधार निर्माणमा खर्च गर्ने तर्फ ध्यान पुरयाउन आवश्यक रहेको छ । ऋण कृत्वां घृतं पिवेत अर्थात ऋण लिएर भएपनि घिउ पिउनु पर्छ भन्ने मानसिकताबाट हाम्रो सार्वजनिक ऋण व्यवस्थापन मुक्त हुन सक्नु पर्दछ ।सार्वजनिक ऋण परिचालनमा वर्तमान कानुनी आधार र अन्तर्राष्ट्रिय असल अभ्यासको अनुसरण गरी मितव्ययी र प्रभावकारी रूपमा सार्वजनिक ऋण परिचालनमा मुलुकले ध्यान पुर्याउनु आवश्यक  छ ।

(उप्रेती नेपाल सरकारका उपसचिव हुन् ।)

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x