माथि बुुझाउन पर्छ भन्दै रसुुवा भन्सारमा अबैध रकम संकलन गर्ने को हुन ?   

6.1K
shares

 

काठमाडौं । केन्द्रदेखि प्रदेशसम्म काँग्रेस र एमालेको सरकार छ । भ्रष्ट्रचारको बिषयमा सरकार गम्भीर रहेको प्रधानमन्त्री भाषण गर्छन् । तर, सरकारी कर्मचारी नै माथि बुुझाउन पर्छ भन्दै भन्सारमा बसेर दैनिक लाखौ घुुस लिईरहेका छन् । यो धेरै परको कुुरा पनि होईन । काठमाडौं नजिकै रहेको रसुवा भन्सार कार्यालयको वास्तविकता हो यो । 

तुलसीप्रसाद भट्टराई रसुवा भन्सार कार्यालयका प्रमुुख हुन । उनलाई राजस्व अनुसन्धान टोलीसँग मिलेर आफ्नै मातहतका कर्मचारी फसाएको आरोप छ । अनि माथि बुुझाउन पर्छ भन्दै अबैध रकम मागेको आरोप पनि व्यपारी र उनकै कर्मचारीहरुले लगाएका छन् । जव समस्या हुन्छ अनि बिदामा बसेर अबैध काम गर्न माहिर कर्मचारीको उपमा वनाएका भट्टराई सेटिङ्गमा काम गर्ने मध्येमा पर्दछन् ।

 

त्यसोत काठमाडौंको चोभारमा रहेको सुख्खा बन्दरगाहमा प्रमुख भन्सार अधिकृत हुँदा काठमाडौं बसेर बिराटनगर छु भनि बिदा लेख्ने अनि अवैध काम गरेको पनि उनलाई आरोप छ । त्यो बेला महानिर्देशकको आदेश हो भन्दै काम गराएर मदन क्षेत्रीलाई मुल्याङ्कन गर्न लगाएका थिए । वाहिर बसेर तस्करसँग साँठगाँठ गरेर अबैध आम्दानी गर्ने अनि काम गर्ने कर्मचारीलाई फसाउने नियत भएका कर्मचारी हुन् उनी ।

 

त्यो बेला कष्मेटिक सामानको कम मूल्य गराएर आफू् भागेका थिए ।

 

बिराटनगर भन्सारमा बस्दा पनि उनको कर्तुत निकै वाहिर आएको थियो । तर, उनी शक्तिकेन्द्रको प्रयोग गरेर चोखिएका थिए । त्यो बेलाका भन्सार प्रमुुख हरिशरण पुडासैनीको निकटका पात्र वनेर उनले कुस्त कमाउँदै पुडासैनीको पनि दराज भरिदिएको चर्चा अहिले पनि छ ।

 

 

उनै भट्टराई रसुवा भन्सारका प्रमुुख बनेका छन् । उनको पुरानो रवैया अझै हटेको छैन । उनको प्रमूख सहयोगीका रुपमा लक्ष्मण बास्तोला छन् । आर्थिकरुपमा बदनामी कमाएका बास्तोला जो कर्मचारीको महाधिबेशन भन्दै रकम असुलीमा व्यस्त छन् । उनले दुुःख दिएका सञ्जन व्यापारीको संख्या ठूलो छ । त्यसोत सञ्जन व्यपारीलाई दुुःख दिएर तस्करी गर्नेसँग बिशेष साँठगाँठ गर्ने बास्तोला आकर्षक भन्सार कार्यालयमा मस्ती मार्नेमध्येका एक हुन् । सिन्धुुपाल्चोकका एक जना पौडेल थरका व्यापारीसँग साझेदार रहेका बास्तोलाको आलिशान महल र आर्थिक अवस्थाले पनि उनको कतुर्त स्पष्ट हुुन्छ । अहिले रसुुवा भन्सारमा पनि भट्राईले उनै बास्तोला प्रयोग गरेर मनग्ये आर्थिक उपार्जन गरिरहेका छन् । हरेक सेटिगको काममा बास्तोला प्रयोग गर्ने र अरु व्यापारी र कर्मचारीलाई हैरान पार्ने काममा यी दुुई भाइ रहेको त्यहाँका कर्मचारीले बताए । भट्टराई र बास्तोलाले एउटा नियम बनाएका छन् । बिहान उनीहरुलाई जुनसुुकै व्यापारीले अवश्य भेट्न पर्छ । उनीहरुलाई भेटेपछि माोलमोलाई हुने र सोही अनु्सार दिउँसो जाँचकी खटाउने गरेका छन् । सेटिग मिलेको व्यापारीको सामान आउँदा बास्तोला र उनका खास मान्छेले मात्र चेकजाँच गर्ने गरेका एक सिन्धुपाल्चोकका व्यपारीले वताए । त्यसोत केही व्यपारीहरुले यस बिषयमा भन्सार प्रमुखसँग गुनासो पनि गरेका थिए । प्रमुुख भट्टराईले यो बिषयमा खासै चासो नराखेर माथि रुपैयाँ बुुझाउन पर्छ । हाम्रो पनि वाध्यता बुुुुुुझिदिनुुस भन्दै टार्ने गरेको ती व्यपारी बताउँछन् । तर, यो बिषय प्रमुख भट्टराई स्विकार गर्ने पक्षमा छैनन् । हामीसँगको प्रतिकृयामा उनले यसलाई अरोपका रुपमा मात्र लिए । आफ्नो केही त्यस्तो प्रमाण भए कार्वाही भोग्न तयार रहेको उनले बताए ।

यो पनि पढ्नुहोस्

बदनाम कर्मचारी बास्तोला अधिबेशनको नाममा रकम असुल्न व्यस्त

civil hospital
Hams Hospitals